ghar sansar

जनप्रतिनिधिलाई शासक नसोच्न वडा अध्यक्ष थापाको आग्रह

महेन्द्रनगर । नेपाली काँग्रेसका युवा नेता एवम् भीमदत्त नगरपालिका ११ का वडा अध्यक्ष प्रकाश थापाले जनप्रतिनिधिलाई शासक नसोच्न आग्रह गरेका छन् । उनले जनप्रतिनिधि जनताको मत पाएका सेवक भएकोले सत्तामा हुँदा सेवक सोच्न नहुने बताएका हुन् ।

वडा अध्यक्ष थापाले शुक्रबार विहान सामाजिक सञ्जाल फेसबुकमा जनप्रतिनिधिलाई पद भएकाले शासक नसोच्न आग्रह गरेका छन् । उनले भनेका छन्,पदम छ भन्दै आफूलाई शासक नसोच्नु आग्रह गर्दछु, हामी जनप्रतिनिधिहरु जनताको मत प्राप्त जनताको सेवक हौ । जय जनता, जय नेपाल ।’

mantra hos123

थापा २०७९ को स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष निर्वाचित भएका हुन् । उनी काँग्रेस महाधिवेशन प्रतिनिधि
छन् । विद्यार्थी राजनीतिबाट आएका थापा भीमदत्त नगरपालिकाको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिको संयोजक पनि हुन् ।

Himal dental
सम्बन्धित
Loading...