ghar sansar

मेलौलीमा सात महिनासम्म एमआइएस अपरेटरको परीक्षा रोकेर पदपूर्ति रद्द गर्ने आन्तरिक तयारी

महेन्द्रनगर । बैतडीको मेलौली नगरपालिकामा सात महिना अघि विज्ञापन गरिएको एमआइएस अपरेटरको परीक्षा नगरी रद्द गर्ने आन्तरिक तयारी थालिएको छ ।

नगरपालिकाका मेयर भीम बहादुर चन्द भूकम्प र उप मेयर पार्वती बोहराबीच मतभेदले सात महिनासम्म अघि बढ्न नसकेको पदपूर्ति प्रक्रिया कार्यपालिका बैठकबाट रद्द गर्न लागिएको हो । परीक्षाका लागि चौतर्फी दबाव आएपछि मेयर चन्द सहित उप मेयर बोहरा र प्रमुख प्रशासकीय अधिकृत सपना कार्की विज्ञापन रद्द गर्ने मनस्थितिमा पुगेका छन् ।

mantra hos123

प्रमुख प्रशासकीय अधिकृत कार्कीले नै नगरपालिकाले आर्थिक भार व्ययभार व्यहोर्न नसक्ने अवस्था भएकाले विज्ञापन रद्द हुने संकेत गरेकी छन् । ‘यो अघि हाकिम सापको बेलामा खोलिएको विज्ञापन हो, अहिलेसम्म यसका अरु प्रक्रिया अघि बढ्न सकेको छैन’ प्रमुख प्रशासकीय अधिकृत कार्कीले भनिन्,‘अब यो दुई तीनमा बस्ने कार्यपालिका बैठकबाट टुङ्गो लाग्छ, नगरपालिकाको स्रोतबाट खर्च पनि व्यहोर्न नसक्ने अवस्था भएकाले स्थगित पनि हुन सक्छ ।’

सात महिना अघि २४ बैशाखमा नगरपालिकाले सामाजिक सुरक्षा तथा व्यक्तिगत घट्ना दर्ता प्रणाली सुुदृढीकरण सेवा इकाईका लागि करार सेवामा पाँचौ तहको एमआइएस अपरेटरको पदपूर्तिका लागि खुला विज्ञापन गरेको थियो । विज्ञापन सार्वजनिक गरी १२ जनाको दरखास्त लिएपछि अहिलेसम्म परीक्षा सञ्चालन गरी पदपूर्ति प्रक्रिया अघि बढाउन नसकिएको हो ।

मेयर चन्दले दरखास्त दिएका १२ जनाबीच प्रतिस्पर्धा गरी पदपूर्ति गर्ने अडान लिएका छन् । उप मेयर बोहरा नगरपालिकामा कार्यरत कम्प्यटुर अपरेटलाई छनौट गर्न पर्ने दबाव दिँदै आएकी छन् । नगरपालिका स्रोतका अनुसार प्रमुख प्रशासकीय अधिकृत कार्कीलाई पनि विज्ञापन रद्द गर्न दबाव दिइएको छ ।

कार्की भन्दा अघिल्ला प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीको कार्यकालमा कम्प्यटुर अपरेटरको विज्ञापन खोलिएको थियो । नगरपालिको जेठ ७ गते दरखास्तको अन्तिम म्याद राखेर खोलेको विज्ञापनमा सर्ट लिस्ष्ट सार्वजनिक, कम्प्युटर सीप परीक्षण र अन्तरवार्ता गरी नियुक्त गर्ने उल्लेख गरिएको थियो ।

नगरपालिकाले विज्ञापन खोलेपछि दरखास्त लिने बाहेक परीक्षा सञ्चालनका अन्य प्रक्रिया अघि बढाएको छैन । एमआईएस अपरेटरका लागि १२ जनाले आवेदन दिएका छन् । उनीहरु दैनिक नगरपालिका गएर मेयर र हाकिमलाई परीक्षा सञ्चालनका लागि दबाव दिँदै आएका छन् ।

‘नगरपालिकाले सूचना खोलेपछि त्यसमा उल्लेख गरे तोकिएको दस्तुर तिरी आवेदन दिएका थियौ, सूचनामा परीक्षा मिति पछि प्रकाशित गरिने भन्ने उल्लेख छ’ एक आवेदकले भने,‘आवेदन दिई सकेपछि सूचना अनुसारको पछि भन्ने अहिलेसम्म आए, सात महिना भयो,अहिलेसम्म परीक्षा गरिएको छैन, हामीहरु सर्टलिस्ष्ट समेत गरिएको छैन ।’

आइतबार बस्ने नगर कार्यपालिका बैठकमा पदपूर्ति सम्बन्धि छलफल हुने एक कार्यपालिका सदस्यले बताए । ‘यो कार्यालयको विषय भएकाले खासै मतलब दिइएन, अहिलेसम्म यसबारे खासै छलफल पनि भएको छैन, अबको बैठकमा यसबारे छलफल हुन्छ’ ती कार्यपालिका सदस्यले भने ।

मेलौलीमा मेयर उप मेयर दुबै सत्ता गठबन्धनका हुन् । मेयर माओवादी केन्द्र र उप मेयर काँग्रेसका छन् । मेयर कार्यपालिका र नगर सभामा अल्पमतमा भएका दबावमा छन् । बहुमत नभएका कारण उनी पदपूर्ति रद्द गर्ने मनस्थितिमा पुगेका छन् ।

Himal dental
सम्बन्धित
Loading...