ghar sansar

निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको भासी ईकाई केन्द्रको बार्षिक साधारण सभा सम्पन्न

dirghayu ad

महेन्द्रनगर । निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले भासी ईकाई बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाका उपाध्यक्ष पवन चन्द्र लेखकको अध्यक्षतामा गरिएको कार्यक्रममा भीनपा २ का वडा अध्यक्ष उत्तम भट्ट प्रमुख अतिथि थिए ।

सहकारीले विगतका वर्षदेखि क्षेत्रगत रुपमा सधारण सभा गर्दै आईरहेकोले वेदकोट नगरपालिका सिसैया, लालपुर सुडा, , गौजि क्षेत्र, भीमदत्त नगरपालिकाको भाषी, राजिपुर,महुलिया, बागफटा क्षेत्रका सदस्यहरुका लागि भाषी केन्द्र अन्र्तगत रहेको हुँदा १४ औं ईकाइ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

ratnam malkhad

समारोहमा बिशिष्ट अतिथिको रुपमा आर्दश नगर खानेपानी संस्थाका अध्यक्ष लिलाध्वज बस्नेत, कञ्चनपुर उद्योग बाणिज्य संघका महासचिव खगेश्वर प्रसाद बोहरा, आर्दश नेपालका अध्यक्ष गणेश बोहरा थिए । कार्यक्रममा अधिकारकर्मी शारदा बोहरा, आनन्द टोल विकास समिति अध्यक्ष सिता मल्ल लगायतका सहभागी भएका छन् ।

भासी केन्द्रका निमित्त सहायक प्रबन्ध लिला भट्ट जोशीले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी भावना के.सी.ले कार्यक्रम सञ्चालन गरेकी थिइन् । लेखा समितिका सदस्य चक्र बहादुर चन्दले आर्थिक विवरण तथा लेखा समिति प्रतिवेदन गरे ।

ईकाईगत साधारण सभामा भाषी केन्द्र अन्र्तगत आर्थिक कारोबार गर्ने दुई महिला दुई पुरुष गरि तिन वटा विधा उतकृष्ट बचत, उत्कृष्ट बाल बचत तथा उतकृष्ट कारोबारी ( ऋण उपभोक्त) लाई सम्मान तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

Himal dental
सम्बन्धित
Loading...