महेन्द्रनगर । लागु औषध मुद्दा दोषी ठहर गरिएका दुई फरार प्रतिवादी पक्राउ गरिएका छन् । जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले बेदकोट नगरपालिका ६ का कमल चौधरी र भीमदत्त नगरपालिका १४ का अजय भण्डारीलाई पक्राउ गरेको छ ।
प्रहरीले पक्राउपछि जिल्ला अदालतमा पेश गरिएका उनीहरु दुबै जना सजाय भुक्तानका लागि कारागार चलान गरिएका छन् । बेदकोटका चौधरीलाई २०७७ फागुनमा लागु औषध मुद्दामा एक महिना २६ दिन सजाय तोकिएको थियो ।
यसैगरी भीनपा १४ का भण्डारीलाई २०७८ पुसमा अदालतले एक महिना एक दिन कैद सजाय तोकेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले दुबै जनालाई घर नजिकबाट पक्राउ गरिएको जानकारी दिएका छन् ।