ghar sansar

दोधारा चाँदनीमा मध्यरात घर छाडेर कार्यपालिका सदस्यको परिवारले जोगाए हात्ती आक्रमणबाट ज्यान

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका कार्यपालिका सदस्य लक्ष्मी राना क्षेत्रीको घर खेतमा हात्तीको बथानले क्षति पुगाएका छन् । शनिबार मध्यरात आएको हात्तीको बथानले बडवाल टोलस्थित रानाको घर र खेतबारीमा नोक्सान पुगाएको छ । हात्तीको बथान आएपछि राना परिवारले घर छाडेर ज्यान जोगाएका छन् ।

दोधारा चाँदनी नगरपालिका ३ का वडा अध्यक्ष हरि सिह धनाडीले हात्तीको बथान घरमा आएपछि राना परिवारले भागेर ज्यान जोगाएको बताए । ‘झण्डै अप्रिय घट्ना हुन पाएन, घर छाडेर ज्यान जोगाइएको छ’ उनले भने,‘ घर छाडेर भाग्न नसकेको भए जे नि हुन्थ्यो ।’

,orning glory badhai

हात्तीको बथानले रानाको घर र खेतबारीमा नोक्सान गरेको वडा अध्यक्ष धनाडीले बताए । स्थानीयले होहल्ला गरेपछि हात्तीको बथान जंगलतिर फर्किएको स्थानीय बताउँछन् ।

dirghayi clinic

बडवाल टोलमा झण्डै डेढ दशकदेखि भारतीय जङ्गलबाट आउने हात्तीको बथानले आतंक मच्चाउँदै आएको छ । वडा अध्यक्ष धनाडीले हात्तीले केही वर्ष अघिसम्म मानवीय क्षति गरे पनि पछिल्लो समय बर्सेनी बालीनाली नोक्सान गर्दै आएको बताए ।

‘पहिला पहिला मानवीय क्षति पनि भयो, अहिले त्यस्तो त भएको छैन, बालीनाली नोक्सान गरेको छ, हिउँदमा गहुँ लगाएपछि आउँछन्, बर्खामा धान लगाएपछि आउँछन, वासिन्दाले बालीनाली भित्र्याउन पाएका छैनन् ।’

जोगबुडा नदी पारीको बडवाल टोलमा भारतको नगरा जङ्गलबाट हात्तीको बथान आउने गरेको छ । नगरा जंगलसित बडवाल टोल डेढ किलोमिटर सीमा जोडिएको छ ।

दोधारा चाँदनी ३ का वडा अध्यक्ष धनाडीले टोलका सर्बै वासिन्दा पीडित भए पनि जंगल किनारमा सबैभन्दा बढी क्षति हुने गरेको बताए ।

Himal dental
सम्बन्धित
Loading...