
महेन्द्रनगर । शुक्लाफाँटा नगरपालिकाका जनप्रतिनिधिहरु झलारीस्थित कृष्ण बैजनाथ बहुमुखी क्याम्पसका विद्यार्थीहरुसंगै शैक्षिक भ्रमणमा निस्किएका छन् । शुक्लाफाँटा नगरपालिका ९ का वडा अध्यक्ष रमेश बहादुर ऐर क्याम्पसका शैक्षिक भ्रमणमा गएको तस्बिर सार्वजनिक भएका छन् ।
वडा अध्यक्ष शैक्षिक भ्रमणमा गएको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालको उनको चर्को आलोचना भएको छ ।

काँग्रेसको नेपाल विद्यार्थी संघलाई अध्यक्ष ऐर सहित गैर विद्यार्थीलाई शैक्षिक भ्रमणमा समावेश गराएको आरोप लागेको छ । नेवि संघको क्याम्पस इकाई कमिटीले विज्ञप्ति जारी विभिन्न दलका नेता कार्यकर्तालाई शैक्षिक भ्रमणमा पठाउने कार्यमा संलग्न भएको प्रष्टीकरण दिएको छ ।
शैक्षिक भ्रमणमा गएका वडा अध्यक्ष ऐर काँग्रेस नेता हुन् । उनी दोस्रो कार्यकाल वडा अध्यक्ष छन् । उनी २०७४ र २०७९ मा स्थानीय तह निर्वाचनबाट वडा अध्यक्ष भएका हुन् ।
