Sarsoti

त्रासमा बडुवाल टोल, बेखबर सरकार

lotus institute

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल जंगली हाती आतंकले हैरान छ । हात्ती बस्तीमा पसेर भटाभट स्थानियहरुको घर भत्काउने, अन्नवाली खाईदिने तथा मानिसहरुमा आक्रमण गर्न आउने क्रम रोकिएको छैन ।

बडुवाल टोल आसपासका जनता जंगली हात्तीकै कारण आजित भएका छन् । उनिहरुले राती परेपछि आफ्नो र आफ्ना परिवारको हात्तीको अक्रमणबाट कसरी ज्याउने जोगाउने भन्ने चिन्ताले सताईरहेको छ ।

morning glory

दुई दिन अघि मात्रै बडुवाल टोल निवासी तथा दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी रानालाई मध्यरातमा सुतेको अवस्थामा जंगली हात्तीले घर घेरेर झण्डै ज्यान लिने अवस्था आएको थियो । वरिपरि हात्तीको बथानले घर घेरेपछि ज्यान जोगाउन वडा सदस्य लक्ष्मी रानाले घरको झ्यालबाटै स्थानियहरुलाई गुहार्नु परेको थियो ।

धन्न–धन्न हात्तीबाट ज्यान जोगाउन सफल भएका वडा सदस्य रानाले रातीको समयमा घरमा सुत्नै त्रास मानेका छन् । यस्तै मध्यरातमा जंगली हात्तीले घरमा आएर आक्रमण गर्ने हो भन्ने डरले सर्वसाधरण आतंकित छन् । बस्तीमा बालीनालीका लागि मुख्य समस्या नजिक रहेको भारतीय जंगलबाट भित्रिने हात्ती हो ।

Mahendranagar

यस्तै बादेल र जंगली गाईले पनि बाली नाली खाएर हैरान बनाउछन् । लगानी लायो, हात्ती लगाएत वन्यजन्तुले खाएको बडुवाल टोलका जनताले वर्षेनी गुनासो गर्नुको विकल्प छैन् । न सरकारले यस विषयमा गम्भिरतानै लिएको छ् । रातभरी जंगली हात्तीको त्रासमा बस्ने सर्वसधारणहरुको पीडा नमज्जाको छ् तर सरकारी पक्षले विकल्प समेत नखोजेर लाचारीपन देखाईनै रहन्छ् ।

उक्त बस्तीमा स्थानिय सरकार प्रमुख, प्रदेश सभाका सदस्य तथा प्रतिनिधी सभाका सदस्य समेत बारम्बार अनुगमन तथा अवस्थाको बारेमा जानकार नभएका पनि हैनन् । यस वर्ष पनि जंगली हात्तीले श्रृख्लाबद्द रुपमा स्थानियहरुको घर भत्काउदै आएको छ् । मध्यरातमा मस्त निन्द्रमा सुतेको बेला घर हात्तीले तोड्दै गर्दा आफ्नो नानी, वावुलाई काँखीमा च्यापेर ज्यान बचाउन भाग्नुको दैनिय पिडाको बारेमा सरोकारवाला गम्भिर नभईदिनु आश्र्चय लाग्दो र सोचनिय बिषय छ् । हात्ती मानव सम्यताको प्रतिक हो ।

मानव र वन्य जन्तु बिच दुरी बढ्दै जादा उनीहरुका लागि संकट सृजना हुदै छ् हात्तीलाई संरक्षण गर्न वन जोगाउने र उनीहरुलाई खानेकुराको व्यवस्था गरिनुपर्छ । खानेकुरा अभाबकै कारण हात्ती बस्ती पसेर विध्वसं मच्चाईरहेको प्रष्ट छ् । हात्तीका लागि बासस्थान घटिरहेको छ, मान्छेको संख्या बढीरहेको छ् ।

वन फडानी संगै हात्तीको चरिचरन क्षेत्र घट्दो छ् । अनि हात्ती हिड्ने कोरिडोरमै मान्छेले घर बनाएर बस्न थाले, जसले गर्दा मानिस र वन्य जन्तुबीच द्धन्द्ध बढ्दा दुबै असुरक्षित हुने क्रम पनि बढेको छ् भन्न सकिन्छ् । यसरी सर्वसाधारण जनतालाई असुरक्षा महसुस भईरहेको स्थानमा सरकारले उचित समाधान खोज्नुको विकल्प छैन् ।

विशेष गरेर जैविक मार्गमा हात्तीको ओहोरदोहोर हुने र कहिलेकाही बस्तीमा पसेर हात्तीले धनजनको क्षति पु¥याउने स्थानमा सरकारले उपयुक्त विकल्पको खोजी गर्नु पर्छ् । हात्तीको बथानले धनजन तथा मानवीय क्षति पु¥याउन थालेपछि स्थानीय बासिन्दा सुरक्षाको उपायको खोजीमा छन् ।

घरमै आएर हात्तीले आक्रमण गर्न थालेपछि स्थानीय बासिन्दा हात्तीबाट जोगिने उपायको खोजीमा लागेका छन् । हात्तीबाट स्थानीय बासिन्दाले जोगिने एक मात्रै उपाय सावधानी अपनाउनु रहेको छ् । हात्ती धपाउनका लागि स्थानीय किसान रातभर जाग्राम बसेर आगो बाल्ने, साईरन बजाउने, होहल्ला गर्ने र पटका पड्काउने गरे पनि यी क्रियाकलापबाट हात्तीको बथान थोरै भएपनि डर मान्ने गरेको देखिन्छ् ।

 

saark school
सम्बन्धित
Loading...