ghar sansar

दोधारा चाँदनीमा क्रिकेट खेल्दै सरकारी विद्यालयका शिक्षक, खेल हेर्न मेयर, उप मेयर सहित जनप्रतिनिधिको लर्को

little buddha academy
khasi

पप्पु गुरुङ्ग
दोधारा । सामुदायिक बिद्यालयका शिक्षकहरुको क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन भएको छ । दोधारा चाँदनी नगरपालिका– १० ओंमकार विद्यालयले दोधारा चाँदनी नगरपालिका क्षेत्रका सामुदायिक विद्यालयहरुको सहयोगमा बुधबारदेखि शिक्षकहरुको टि– १० क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगिता सञ्चालन गरिएको छ ।

अम्बिका माध्यमिक विद्यालयका शिक्षक चन्द्रप्रकाश बिष्ट (मिन्टी) ले शिक्षकहरुको टि– १० क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगितामा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उपमेयर गंगा देबी जोशी, दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, वडा नं. २ का वडा सदस्य मनकला खनाल पुजारा, बिद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुको उपस्थितिमा उद्घाटन गरिएको छ ।

,orning glory badhai
dirghayi clinic

सामुदायिक विद्यालयका आधारभूत तहका विद्यालयका शिक्षकहरुले दुई विद्यालयलाई जोडेर एक क्रिकेट टिम बनाएका छन् । माध्यमिक तहका शिक्षकहरुले आफ्नै बिद्यालयका एक क्रिकेट टिम बनाइएको छ ।

साबिकको चाँदनी गाबिस कार्यालयमा रहेको प्रांगणमा सञ्चालन भएको शिक्षक क्रिकेट रनिङ्ग शिल्ड प्रतियोगितामा विजयी टिमलाई नगद धनराशी तथा ट्रफी प्रदान गरिने छ ।

उद्घाटन खेल शंकर पार्वती र अम्बिका माध्यमिक बिद्यालयबीच भएको छ । प्रतियोगिता आगामी २५ गने सम्पन्न हुने आयोजक संस्था ओंमकार आधारभूत विद्यालयले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...