

महेन्द्रनगर । भीमदत्त नगरपालिका–४ र १८ नम्बर वडास्थित महेन्द्रनगरका केही स्थानिय आन्दोलनमा उत्रेका छन् । आफ्नो सेप्टी ट्याङकीको पानी ढलमा मिसाउन पाउनु पर्छ भन्दै केही स्थानियहरु शुक्रबार नगरपालिकाको कार्यालय पुगेका छन् ।
एसयाली विकास बैंकको सहयोगमा भीमदत्त नगरपालिका स्थित महेन्द्रनगर बजारमा निर्माणाधिन ढलमा केही व्यक्तिहरुले नाली तोडेर सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए । नगरपालिको अहिले त्यसरी ढलमा मिसाइएका सेप्टी ट्याङकीको पानीका पाइप काटिरहेको छ ।


सेप्टी ट्याङकीको पानी सिधैँ ढलमा मिसाउँदा हुन सक्ने स्वास्थ्य समस्या एवम् महामारीलाई मध्यनजर गर्दै नगरपालिको सेप्टी ट्याङकीको पानी ढलमा मिसाउनेहरुका पाइप काट्ने र उक्त कार्य गर्न रोक लगाइरहेको भीमदत्त नगरपालिको जनाएको छ । नगरपालिकाले सो कार्य गर्न नदिएपछि केही स्थानियहरु सेप्टी ट्याङकीको पानी ढलमा मिसाउन पाउनु पर्छ भन्दै नगरपालिका पुगेका छन् ।
‘महेन्द्रनगर बजारमा केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएका थिए ।’ नगरप्रवक्ता महेन्द्र खड्काले भने ‘नगरपालिकाले अहिले त्यसरी ढलमा मिसाइएका सेप्टी ट्याङकीका पाइप कााटिरहेको छ ।’
उनले भने ‘ढलान भइसकेको क्षेत्रमा समेत केही व्यक्तिहरुले सेप्टी ट्याङकीको पानी ढलमा मिसाएको जानकारी प्राप्त भएको छ ।
ती पाइप पनी नालीका ढक्कन निकालेर बन्द गर्ने कार्यमा समेत नगरपालिका अघि बढेको छ ।’ उनकाअनुसार यसरी सेप्टी ट्याङकीको पानी ढलमा हाल्दा महामारी फैलिने कुरालाई मध्यनजर गर्दै सो कार्य गर्न नगरपालिकाले रोक लगाइरहेको हो ।

