ghar sansar

शिव शिखर सहकारीका चार सञ्चालकलाई कञ्चनपुर ल्याएर ३२ करोड ठगी मुद्दामा अनुसन्धान

little buddha academy
khasi

महेन्द्रनगर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका चार सञ्चालकलाई अनुसन्धानका लागि कञ्चनपुर प्रहरी कार्यालय ल्याइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार शिव शिखर सहकारीको महेन्द्रनगर,त्रिभुवनबस्ती र बेलौरी शाखाको निक्षेप हिनामिना गरी ठगि गरेको मुद्दामा अनुसन्धानका लागि उनीहरुलाई प्रहरी कार्यालय ल्याइएको हो ।

कञ्चनपुर प्रहरीले सहकारीका सञ्चालकहरु तिबादी गिता शर्मा,केदार नाथ शर्मा, पुस्कर मल्ल र अमिस राज भण्डारीलाई हिरासतमा राखेर अनुसन्धान अघि बढाएको छ ।

,orning glory badhai
dirghayi clinic

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्र्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले चार जनालाई हिरासतमा राखेर अनुसन्धान थालिएको बताए ।

शिव शिखरका बचतकर्ताले रकम ठगी गरेको जाहेरीका आधारमा उनीहरु सबै काठमाडौंबाट पक्राउ गरिएका हुन् । कञ्चनपुरमा पनि बचतकर्ताको ३१ करोड ९७ लाख बचत हिनामिना गरिएको भन्दै तीन हजार ६ सय ७१ बचतकर्ताले जाहेरी दिएका छन् ।

‘बचत हिनामिना गरी ठगी गरेको भनि हालसम्म ३६७१ जनाले यस कार्यालयमा जाहेरी पेश गरेकोमा सो जाहेरी दर्ता गरि अनुसन्धानको क्रममा उक्त सहकारीका पदाधिकारी पदाधिकारीलाई यस कार्यालयमा ल्याई थप अनुसन्धान कार्य भई रहेको छ’ प्रहरी प्रवक्ता डाँगीले भने ।

Himal dental
सम्बन्धित
Loading...