ghar sansar

हात्तीले अन्नबाली सखाप पारेपछि बडवाल टोलका वासिन्दा भारत पलायन

khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ३ बडवाल टोलका हात्ती पीडित वासिन्दा खाद्यान्न अभाव भएपछि घर परिवार लगेर भारत पलायन हुन थालेका छन् । जगबुडा नदीको पारि भारत संग जोडिएको बडुवाल टोलमा जंगली हात्तीले स्थानीयको अन्नबाली नष्ट गर्दै आएपछि उनीहरु मजदुरी गरी हात मुख जार्ने भारत जान थालेका छन् ।

जंगली हात्तीले स्थानियहरुको खेतवाली नष्ट संगै मध्यरातमा सुतिरहेको अवस्थामा आक्रमणको डरले बडुवाल टोलका स्थानियहरु जहान परिवार लिएर भारतमा ज्याला मजदुरी गर्न बाध्य भएको स्थानियहरुले बताएका छन् । बडुवाल टोलका नर बहादुर नाथ, सुरेश सुनार, बिरेन्द्र ओखेडा, अमर मगर लगायत स्थानिय घरमा खाद्यान्नको अभाव भए संगै भारतमा मजुरी गर्न जहान परिवार लिएर गएका छन् ।

Anant bahu travels

बडुवाल टोलमा बिगत लामो समय जंगली हात्तीले स्थानियहरुको अन्नवाली खानुको साथै मध्यरातमा घर तोडफोड गर्दै आएको छ् । स्थानियबासी महाविर क्षेत्रीका अनुसार लगाएको अन्ननवाली जंगली हात्तीले एकै रातमा नष्ट गर्दै आएको बताउदै खाद्यान्नको अन्य वैकल्पिक उपाय नभएको कारण बस्ती छाडेर जहानपरिवार सहित स्थानियहरु भारतको बिभिन्न स्थानमा रोजगारीको गएका बताएका छन् ।

dirghayi clinic

‘मेहनत गरि लगाएको अन्नवाली एकै रातमा जंगली हात्तीले तहस नहस गरिदिन्छ्, खाद्यान्नको अन्य वैकल्पिक उपाए छैन् । त्यसैले खानाको लागी भएपनि भारत जानुको अर्को विकल्प छैन्’ स्थानियबासी महाविर क्षेत्रीले भने ।

दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य तथा कार्यपालिका सदस्य लक्ष्मी राना क्षेत्रीले जंगली हात्तीले स्थानियहरुको अन्नवाली नष्ट गर्दै आएको प्रमुख कारण बस्तीका स्थानियहरु जहान परिवार लिएर भारत ज्याला मजुरी गर्न बाध्य भएको बताउछन् ।

जंगली हात्तीले लगाएको अन्नवाली नष्ट गर्दै आएको कारण बस्तीमा खाद्यान्नको वर्षभरी अभाव हुदै आएको स्थानियहरुको दाबी छ् । एक आंकलन अनुसार ३ सय घरधुरी मध्य बडुवाल टोलका झण्डै ९५ प्रतिशत युवा तथा घरमुली भारतको बिभिन्न शहरमा ज्याला मजुरी गर्दै आएका छन् ।

लामो समय देखि बस्ती जंगली हात्तीले स्थानियहरुको अन्नवाली नष्ट गरिदिने, घर भत्काईदिने तथा मानिसमा आक्रमण गर्दै आएपछि सरकारले जंगली हात्तीको आतंक दिगोरुपमा निर्मुल गर्न चाँसो नदेखाएको स्थानियहरुको गुनासो रहदै आएको छ ।

Himal dental
सम्बन्धित
Loading...