ghar sansar

काँग्रेसले माग्यो दोधारा चाँदनी नगरपालिकासित सबै खर्च विवरण

little buddha academy
khasi

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका कार्यालयलाई नेपाली काँग्रेंस दोधारा चाँदनीले आर्थिक वर्ष २०७९÷०८० को आय व्याय बिवरण मागेको छ ।

dirghayi clinic

दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत गणेश दत्त मिश्रलाई काँग्रेंस दोधारा चाँदनीका नगर सचिव महेन्द्र बिष्ट र उपाध्याक्ष कर्ण बहादुर सिंहले भेट गरि आर्थिक वर्ष २०७९÷०८० को आय व्याय विवरण माग गरेका छन् ।

,orning glory badhai

मंगलबार दोधारा चाँदनी नगरपालिका कार्यालयमा पुगेर नगरपालिका कार्यालयको २०७९÷०८० को आय व्याय बिवरण माँग गरेको नेपाली काग्रेंस दोधारा चाँदनीका नगर सचिव महेन्द्र सिंह बिष्टले जानकारी दिएका छन् ।

‘गत आर्थिक वर्षको नवौं नगर सभा २०७९÷०८० सालको यस दोधारा चाँदनी नगरपालिकाले गरेको सम्पूर्ण आय–व्याय सहितका के कति विकासका योजनाहरु भए सम्पूर्णको जानकारी साथै सम्पुर्ण शाखाका खर्चको विवरण, प्रशासनिक साथै सम्पूर्ण जिन्सी शाखाबाट खरिद गरिएको सामान खर्चको विवरण, सम्पूर्ण भ्रमण खर्चको विवरण, सम्पूर्ण चिया नास्ता खर्चको विवरण, सम्पूर्ण इन्धन खर्च को विकान सम्पूर्ण साधन सवारीमा भएको खर्चको विवरण, सम्पूर्ण खेलकुद भएको खर्चको विवरण, सम्पूर्ण ईन्धन बिबरण, स्वास्थ्य दवाई खरिदमा खर्च भएको विवरण सम्पूर्ण पत्र–पत्रिका सञ्चार माध्यममा भएको खर्चको विवरण सम्पूर्ण विपद व्यवस्थापनमा भएको खर्चको विवरण सम्पूर्ण सुरक्षा निकायमा आएको खर्च को विवरण, आर्थिक सहयोग दिएको खर्चको विवरण सहितको स्पष्ट रुपमा बुझिने गरि आर्थिक प्रतिवेदन उपलब्ध गरि पाउ भनि यो निवेदन पेश गरेका हौ’ नगरपालिका कार्यालयलाई दिइएको पत्रमा उल्लेख गरिएको छ् ।

Himal dental
सम्बन्धित
Loading...