ghar sansar

ठेकेदार बोकेर भुजेला घाट पुगेका भीमदत्तका मेयर बोगटी र वडा अध्यक्ष थापाबीच धकेलाधकेल

महेन्द्रनगर । महाकाली नदीको भुजेला घाटमा भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी र वडा अध्यक्ष प्रकाश थापाबीच चर्काचर्की र धकेलाधकेल भएको छ ।

महाकाली नदीको नदीजन्य पदार्थ उत्खनन संकलन र बिक्री वितरणको ठेक्का सम्झौतापछि ठेकेदारलाई लिएर घाटमा पुगेका मेयर बोगटीसित चर्काचर्की भएको छ ।

ratnam malkhad

भीनपा ११ का वडा अध्यक्ष प्रकाश थापाले ठेक्का सम्झौतापछि मापदण्ड विना घाट सञ्चालन गरेको भन्दै आक्रोश पोखेपछि मेयर बोगटीसित विवाद भएको थियो । त्यस क्रममा दुबै जनाबीच चर्काचर्की भएर धकेलाधकेलसम्म भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

मेयर बोगटी आफ्नो सचिवालयका सहयोगी र केही जनप्रतिनिधि  सहित विहान ठेकेदारहरुसंगै भुजेला घाट पुगेका थिए । मंगलबार महाकाली नदीको रोयल्टी संकलनका लागि ठेक्का सम्झौता भएपछि घाट खोलिएको छ । नगरपालिकाले असोज १ गतेदेखि खोल्नु पर्ने घाट झण्डै तीन महिनापछि खोलेको छ । गत वर्ष अमानतबाट राजश्व संकलन गरिएको थियो ।

नगरपालिकाले मापदण्ड विना घाट खुलाएपछि स्थानीय आक्रोशित भएका छन् । उनीहरुले ठूलो सवारी साधनलाई महाकालीमा जान दिएका छनैन् । वडा अध्यक्ष थापाले स्थानीयको गुनासोका आधारमा मेयर बोगटीसित मापदण्ड बनाएर घाट सञ्चालनमा ल्याउन आग्रह गरेका थिए ।

काठमाडौंको टाइगर–सगरमाथा जेभीले भ्याट रकम सहित ७ करोड ७७ लाखमा रोयल्टी ठेक्का सम्झौता गरेको छ । काठमाडौको यो फर्मका नाममा जिल्लाका ठेकेदारले ठेक्का लिएका छन् । मंगलबार ठेक्का सम्झौता भएपछि भीमदत्त नगरपालिकाले घाट खुल्ने घोषणा गरेको थियो ।

Himal dental
सम्बन्धित
Loading...