ghar sansar

पालिका मञ्चको सम्मेलनका लागि यसरी सिँगारिँदैछ दोधारा चाँदनी नगरपालिका 

little buddha academy
khasi

पप्पु गुरुङ्ग,
दोधारा । दोधारा चाँदनी नगरपालिकामा शुक्रबार हुने तेस्रो सुरक्षित र दिगो विकासका लागि उत्थानशील पालिका मञ्चको तेस्रो कञ्चनपुर सम्मेलन–२०८० को धमाधम तयारी थालिएको छ । सम्मेलनमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डीसीएले प्राविधिक तथा व्यवस्थापकीय सहयोग गर्ने भएको छ ।

एनएनएसडब्लुए सुद्दढ परियोजनाका अफिसर गणेश दत्त ठगुन्नाले तेस्रो कञ्चनपुर सम्मेलन तयारी अन्तिम चरणमा पुगेको बताए ।

,orning glory badhai

दोधारा चाँदनी नगरपालिका कार्यालय रंगरोगन, सरसफाई, बाल पेन्टिङ गरेर नगरपालिकालाई सुन्दर बनाउन थालेको छ । पालिका छेउमा रहेको फाहर ब्यवस्थापन लगाएत कार्य अन्तिम चरणमा रहेको छ् ।

dirghayi clinic

चटक्क सजिएको पालिकामा सुरक्षित र दिगो विकाससंगै विभिन्न प्रकारका विपद्हरुको जोखिम न्यूनीकरण गर्दै उत्थानशील पालिका निर्माणमा कञ्चनपुर जिल्लाका सबै स्थानीय तहहरु बीच सहकार्य, समन्वय र राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भए गरेका नवीनतम अभ्यास र प्रविधिहरु बारे अनुभव तथा जानकारी आदानप्रदान गर्ने उद्देश्यले जिल्लाका सबै पालिकाका प्रमुख÷अध्यक्ष, उप प्रमुख÷ उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र विपद् सम्पर्क सम्मेलनमा सहभागी हुने भएका छन् ।

भीमदत्त नगरपालिकामा २०७८ मा पहिलो पटक गरिएपछि दोस्रो पुनर्वासमा गरिएको थियो । दिगो शहरी विकास, जलवायु परिवर्तन र विपद जोखिम न्यूनीकरणका विविध विषयमा छलफल हुने तथा सम्मेलनमा यस वर्ष मुख्यतया तीन विषयमा छलफल हुने बताईएको छ् ।

सम्मेलनको पहिलो सत्रमा सबै पालिकाहरुमा ठूलो समस्याको रुपमा रहेको जंगली हात्तीले पु¥याईरहेको मानवीय, भौतिक र आर्थिक क्षति न्यूनीकरणका उपायको बारेमा छलफल हुने कार्यक्रम राखिएको छ ।

छलफलको सहजीकरण मानव–हात्ती द्वन्द व्यवस्थापन विज्ञ जेडएसएल नेपालका डा. दिनेश न्यौपानेले गर्ने छन् । यस्तै गरी दोस्रो सत्रमा जलवायुजन्य विपदको जोखिम न्यूनीकरणका लागि सबैको लागि पूर्व सूचना विषयमा छलफल हुने छ् । यसको सहजीकरण आईएचएचआरका डा. सञ्जय देवकोटा, डीसीएका दिनेश गुरुङ लगायतले गर्ने छन् ।

विपद जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि संघीय, प्रदेश र स्थानीय सरकारबीच समन्यव र सहकार्य तथा विपद जोखिम सुशासन सबलीकरण सम्बन्धमा छलफल हुने तेस्रो सत्रको सहजीकरण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका वातावरण तथा विपद व्यवस्थापन शाखा प्रमुख ऋषि राज आचार्य तथा गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका विज्ञले गर्ने छन् ।

Himal dental
सम्बन्धित
Loading...