ghar sansar

दोधारा चाँदनीको हात्ती पीडित बडुवाल टोलमा पुग्यो विज्ञ टोली

dirghayu ad
dirghayu clinic

पप्पु गुरुङ्ग
दोधारा । दोधारा चाँदनी नगरपालिका ३ स्थित हात्ती पीडत बडुवाल टोलमा विज्ञ टोली पुगेको छ । दोधारा चाँदनी नगरपालिकामा शुक्रबार हुन लागेको पालिका सम्मेलनमा सहभागी हुन आएका मानव तथा वन्यजन्तु द्वन्द व्यवस्थापन विज्ञ टोली टोलमा पुगेर स्थानीयसित हात्ती आतंकको अवस्थाबारे जानकाी लिएको कार्यपालिका सदस्य लक्ष्मी राना क्षेत्रीले जानकारी दिएकी छन् ।

बडुवाल टोलमा बिगत लामो समय देखि मानव तथा वन्यजन्तु द्वन्द चलिरहेको छ । बिहीबार दिउँसो विज्ञ डा. दिनेश न्यौपाने, डिसिएका दिनेश गुरुङ लगायतको टोली बडुवाल टोल पुगेको एनएनएसडब्लुएको सुद्दढ परियोजनाका अफिसर गणेश ठगुन्नाले बताए ।

ratnam malkhad

टोलीले स्थानीयसंग भेट गरी समस्याका बारेमा छलफल समेत गरे । लामो समय देखि बडुवाल टोल बस्तीमा जंगली हात्तीले स्थानियहरुको अन्नवाली नष्ट गर्ने, घर भत्काउने, मानविय क्षती गर्दै आएको छ् । बस्तीमा बिज्ञ टोलीको भेटमा दोधारा चाँदनी नगरपालिका– ३ का वडा अध्यक्ष हरिसिंह धनाडी, वडा सदस्य लक्ष्मी राना क्षेत्री, नेकपा माओबादीको नेत्री धनसरा नाथ योगी लगायले हात्ती आतंकबारे जानकारी दिए ।

टोलीले जंगली हात्ती बस्ती भित्रिने बाटो, क्षती गरेको अवस्था लगायत स्थानको स्थलगत अनुगमन छ । भारतको जंगलबाट बडुवाल टोलमा भित्रिने जंगली हात्तीले बालीनाली नष्ट गर्ने, स्थानियहरुको घर भत्काउदै आएको छ ।

हात्ती धपाउन बस्तीका युवायुवती हातमा लाठी लिएर, आगोको धुनी बालेर जाग्राम बस्ने गरेका छन् । बडुवाल टोलमा बर्षेनी जंगली हात्तीले ठूलो धनमालको क्षती गर्दै आएको भए पनि सरकारले हात्ती रोकथामको कुनै दिर्घकालिन योजना नबनाएको स्थानीयबासीले गुनासो गर्दैै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...