
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाका २८ वर्षिय पंकज सुनार बेपत्ता भएका छन् । दोधारा चाँदनी ४ नवदुर्गा टोलका सुनार ९ दिनदेखि घरबाट बेपत्ता भएका छन् ।
बोल्न नसक्ने, काम कम सुन्ने पंकज सुनार घरबाटै बेपत्ता भएको दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्य गगन बहादुर सिंहले जानकारी दिएका छन् । घरमा रहेको बेला पंकज बेपत्ता भएका थिए । दुई वटा नानीको बुवा घरबाट बेपत्ता भएपछि खोजीका लागि प्रहरी कार्यालयमा निदेशन दिएको पंकजको घरपरिवारले बताए ।
आफन्त तथा साथीभाईको घरमा समेत खोजी गर्दा पंकज फेला नपरेपछि परिवारजनले खोजीको लागि प्रहरीका निबेदन दिएका छन् । बेलाबखत महाकाली नदीको छेउमा घुम्न जाने गरेको पंकज सुनारलाई जो कोही देखेमा दोधारा चाँदनी नगरपालिका– ४ का वडा सदस्यको मोवाईल नम्वर ९८०१९५४३४७ अथवा नजिकै रहेको प्रहरी कार्यालयमा जानकारी गराईदिन पंकज सुनारका आमा लक्ष्मी सुनारले अनुरोध गरेका छन् ।
