ghar sansar

रात दिन त्रासले दैनिकी लथालिङ्ग, सरकार मुकदर्शक

khasi

पप्पु गुरुङ्ग
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका–३ का लिला मगर रातीको समयमा चयनले सुत्न पाउदैनन् । दिन भरि काममा थाकेर आराम गर्नका लागि घर आउने लिला मगर आराम गर्ने सपना पूरा भएको छैन् । कारण एउटै हो, जंगली हात्तीको आतंक ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडुवाल टोल भारतीय जंगलसंग जोडिएको बस्तीमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरान मात्र नभई आजित भएका छन् । बडुवाल टोलका लागि उनी एक उदाहरणका पात्र मात्र हुन् ।

उनि जस्ता करिब सय घरधुरी स्थानीयवासीलाई दिनभरि काम गरेर राति आराम गर्ने बेलामा हात्ती धपाउनु पर्ने बाध्यता रहेको छ् । जंगली जनावरको आतंक र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको बडुवाल टोलका स्थानिय महाबिर क्षेत्रीको भनाई छ् ।

dirghayi clinic

हात्तीको बथान आएर घरमा तोडफोड गर्न थाले संगै मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको उनिहरु बताउछन् । नेपाल—भारत संग जोडिएको बडुवाल टोलमा भित्रिने दर्जनौ हात्तीको बथान धपाउन र वन्यजन्तुको आक्रमणबाट जोगिन रातभर जाग्राम बस्न बाध्य भएको महाबिर क्षेत्रीले बताएका छन् ।

‘बाली नाली भएको बेला रातभरी सुत्न पाईदैन’ स्थानीय महाबिर क्षेत्रीले भने– ‘खेतमा गहुँवाली नष्ट गर्दै आएको छ् ।’ बिगत लामो समय देखि बस्तीमा जंगली हात्तीको हुलले अन्नवाली खाईदिने, घर भत्काईदिने तथा मानिसमा आक्रमण गर्न थालेको दोधारा चाँदनी नगरपालिका– ३ का वडा सदस्य लक्ष्मी रानाले बताए । केही दिन देखि हात्तीले घर भत्काउन थालेपछि स्थानियमा त्रास अझै बढेको उनको भनाई रहेको छ् ।

कच्ची घर हुनेहरुले खाना खाएर नजिकै छिमेकीको पक्की घरमा रातभरी आश्रय लिएर बस्दै आएको वडा सदस्य रानाले बताए । दोधारा चाँदनी नगरपालिका– ३ वडा कार्यालयको एक तथ्यांक अनुसार झण्डै ८४ घरपरिवारले लगाएको अन्नवाली जंगली हात्तीले नष्ट गर्दै आएको छ् ।

मध्यरातमा बस्तीमा पसेर घर भत्काउने, घरमा भएका खाद्यान्न तथा लत्ताकपडा नष्ट गर्न थाले संगै स्थानियहरुले केही दिन अघि बस्तीमा गणेश भगवानको पुजा आराधान समेत गरेका हुन् । यस पटक हात्तीले दिपक औजी, अमर मगर र रने सार्की, लिला मगर र चम्फा सार्कीको घर तथा भान्सा भत्काएर खाद्यान्न, भाडाकुडा, लत्ताकपडाको क्षती बनाएको स्थानियहरुले बताएका छन् ।

अहिले आए्र हात्तीले नन्दलाल मगर, शोनम मगर, अमर खत्री, खेम बहादुर खत्री लगाएत एक दर्जन भन्दा बढी स्थानियहरुको गहुँवाली कुल्चेर नष्ट गर्दै आएको स्थानियबासीहरुले बताएका छन् ।

Himal dental
सम्बन्धित
Loading...