Sarsoti

साँझ परेपछि फर्किए भीमदत्त नगरपालिका पुगाएर छाडिएका छाडा चौपाया

lotus institute

महेन्द्रनगर । भीमदत्त नगरपालिका विभिन्न वडाका वासिन्दाले नगरपालिका कार्यालय पुगाएर छाडेका छाडा चौपाया साँझ परेपछि गाउँ वस्तीतिर फर्किएका छन् । छाडा चौपायाले गहुँबाली नोक्सानी गरी हैरानी खेप्नु परेको भन्दै विभिन्न वडाका वासिन्दाले छाडा चौपायालाई नगरपालिका कार्यालय पुगाएका हुन् । चौपाया नगरपालिका कार्याल ल्याएपछि तत्काल कार्यालय अगाडिको खाली जमिनमा व्यवस्थापन गर्ने गरी वासिन्दालाई फर्काइएकोे थियो ।

स्वतन्त्र समूहका अभियन्ता कृष्णदत्त जोशी सहितले नगरपालिकाका जनप्रतिनिधिसित छलफल गरेपछि ती छाडा चौपायालाई खाली जमिनमा राखेर व्यवस्थापन गर्ने प्रतिवद्धता गरिएको थियो । दिनभरि खाली जमिन राखिएका चौपाया साँझ परेपछि त्यहाँबाट बजार बाहिर गएका छन् ।

morning glory

साँझपख कञ्चनपुर उद्योग बाणिज्य संघ हुँदै जिल्ला प्रहरी कर्याालय हुँदै दुई दर्जन बढी चौपाया फर्किएको स्थानीयले बताए । बजार क्षेत्रका अन्य गल्लीबाट पनि ठूलो संख्यामा चँैपाया वस्ती र सडकमा फर्किएका छन् । नगरपालिका पुगाइएका चौपायामध्ये अधिकाँश चौपाया सडकमा बस्दै आएका छन् ।

Mahendranagar

छाडा चौपायालाई ल्याउन आएका वासिन्दाले जनप्रतिनिधिलाई पटक पटक आग्रह गर्दा समेत आश्वासन दिने बाहेक अन्य कार्य हुन नसकेपछि चौपायालाई कार्यालय लिएर आएको बताए । उनीहरुले छाडा चौपायाका कारण आफूहरुलाई बालीनाली जोगाउन समस्या भएको उनीहरु बताउँछन् ।

वासिन्दाले जनप्रतिनिधिप्रति आक्रोश व्यक्त गरेका छन् । जनप्रतिनिधिले वेवास्ता गरेको भन्दै रमा लुहारले समान्य पशु चौपाया व्यवस्थापन गर्न नसकेकोमा आक्रोश पोखिन । उनीहरुले आगामी दिनमा चौपाया व्यवस्थापनको आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।

भीमदत्त नगरपालिकाकाले चौपाया व्यवस्थापनका लागि प्रयास गर्दै आएको दावी गरेको छ । स्थानीय तह निर्वाचनमा मेयर पदम बोगटीले चौपाया व्यवस्थापनलाई प्रमुख चुनावी एजेण्डा बनाएका थिए ।

मेयर बोगटीले हालसम्म चौपाया व्यवस्थापनका लागि छलफल, भ्रमण बाहेक अन्य कार्य गर्न सकेका छैनन् । भीमदत्तको नगर सभाबाट चौपाया व्यवस्थापनका लागि अक्षय कोष बनाउने निर्णय गरिए पनि कार्यान्वयनमा आएको छैन ।

स्वतन्त्र अभियन्ता बोक्सरले भीमदत्तको गैर जिम्मेवारीले चौपाया व्यवस्थापन नभएर वासिन्दाले दुःख पाउँदै आएको बताए । ‘यो भीमदत्तको लाचारीपन हो, गैर जिम्मेवारीपन हो’ उनले भने,‘जनतालाई दुःख दिने कार्य तत्काल बन्द गरिनु पर्छ ।’

saark school
सम्बन्धित
Loading...