भीम कुमाललाई बडवाल टोलको यति चिन्ता, जन्म दिनमा पनि खाद्यान्न लिएर पुगे हात्ती पीडितको दैलोमा

lotus institute

पप्पु गुरुङ्ग
महेन्द्रंनगर । दोधारा चाँदनी । सामाजसेवी भिम कुमालले आफ्नो जन्म दिनको अवसरमा हात्ती पीडित चम्फा सार्कीको घर परिवारलाई खाद्यान्न दिएका छन् । दोधारा चाँदनी नगरपालिका– ३ बडुवाल टोल निवासी चम्फा सार्कीको घरपरिवारलाई चामल, दाल, खाने तेल, साबुन लगाएत सामग्री हस्तान्तरण गरेका छन् ।

झण्डै तीन महिनादेखि भारतीय जंगलबाट बस्ती पसेको हात्तीले चम्फा सार्कीको घर भत्काई दिएका थियो । हात्तीले घर भत्काएपछि कहिले उनि नजिकै रहेको गणेश आधारभू विद्यालय, कहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।

morning glory
Mahendranagar

हात्तीले घरमा भएको खाद्यान्न, लत्ताकपडा लगाएत सबै सामाग्री नष्ट गरेपछि चम्फालाई एक छोरा र एक छोरीलाई छाक टार्न हम्मे पर्दै आएको छ । खाद्यान्नको अभाव संगै दोधारा चाँदनी नगरपालिका– २ निवासी तथा सामाजसेवी भिम कुमालले आफ्नो जन्मदिनको अवसरमा केही दिनको लागी छाक टार्न खाद्यान्न दिएको बताए ।

‘चम्फाको घरमा खाद्यान्न अभाव भएको थाहा पाएपछि थोरै दिनको लागी भएपनि खाद्यान्न दिएको हु’ भिम कुमालले भने ।

खाद्यान्न पाएपछि चम्फा सार्की खुशी भएका छन् । दाता कुमाललाई चम्फाले आशिष दिएका हुन् । केही दिन अघि हात्तीले दिपक औजी, अमर मगर र रने सार्की, लिला मगर र चम्फा सार्कीको घर तथा भान्सा भत्काएर खाद्यान्न, भाडाकुडा, लत्ताकपडाको क्षति बनाएको छ ।

अहिले आएर हात्तीले नन्दलाल मगर, शोनम मगर, अमर खत्री, खेम बहादुर खत्री लगाएत एक दर्जन भन्दा बढी स्थानियहरुको गहुँबाली कुल्चेर नष्ट गर्दै आएको स्थानीय बताउँछन् ।

saark school
सम्बन्धित
Loading...