ghar sansar

सज्जन रहेछन् भानु माविका सिसिटिभी क्यामेरा चोरहरु, राखि दिए सडक छेउमा

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकास्थित भानु माध्यमिक विद्यालय दोधारा चाँदनीबाट चोरी भएका सिसिटिभी क्यामेरा सडक छेउमा फालेको अवस्थामा भेटिएका छन् ।

दोधारा चाँदनी नगरपालिका–९ हरिचोक नजिक सडक छेउमा फालेको अवस्थामा चोरी भएका मध्य ४ ओटा सिसिटिभी क्यामेराहरु भेटिएको प्रहरी जनाएको छ् ।

भानु माविको मूल गेट र विद्यालय परिसरमा जडित ९ ओटा सिसिटिभी क्यामेरा श्रृंखलाबद्ध रुपमा चोरी भएका थिए । बुधबार बिहान सडक किनारमा फालेका उक्त क्यामेराहरु देखेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेका थिए ।

 

Himal dental
सम्बन्धित
Loading...