प्रहरी हवल्दारमाथि गौरीफन्टा बसपार्कमा गरियो यस्तो दुव्र्यवहार

महेन्द्रनगर । कञ्चनपुरको पुनर्वासस्थित डोके बजार प्रहरी कार्यरत एक प्रहरी हवल्दारलाई भारतीय नागरिकले अभद्र व्यवहार गरेका छन् ।

प्रहरीको बर्दीमा भएका प्रहरी हवल्दार विवेक कोलीलाई गौरीफन्टा वसपार्कमा अभद्र व्यवहार गरिएको छ । उनीमाथि अभद्र व्यवहार गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

प्रहरी स्रोतका अनुसार गप्ता थरका भारतीय नागरिकले ती हवल्दारको कठालो समातेर अभद्र व्यवहार गरेका छन् । नेपालमा हवल्दारले चेकजाँच गरेको भन्दै उनीमाथि प्रतिशोध साँध्न खोजिएको छ ।

हवल्दार आफन्तलाई बससम्म छोड्न गौरीफन्टाको बसपार्कसम्म पुगेका थिए। भारतीय प्रहरीले पछि अभद्र व्यवहार गर्नेलाई माफी मगाएर घटना मिलाएको बुझिएको छ ।

सम्बन्धित
Loading...