दोधारा चाँदनी १० नम्बर वडामा आचार बनाउने तालिम सञ्चालन

lotus institute

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० नम्बर वडा कार्यालयले महिला, जनजाति, दलित समुदायलाई लक्षित गरी पाँच दिने आचार बनाउने तालिम सचालन गरेको छ । वडा कार्यालयको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम अनुसार सञ्चालन गरिएको तालिममा ४० जना सहभागी भएका छन् ।

सहभागीहरुलाई तालिममा गाँउ, घरमा पाइने अमला, आम, बयर, कागती लगायतको आचार बनाउने सिकाइने भएको छ । तालिम उद्घाटन समारोहमा वडा अध्यक्ष चन्द्र बहादुर सिहले सिकेको सिपको सहि तरिकाले सदुपयोग गर्दै घरमै बसेर मनग्य आम्दानी गर्न सकिने सबैलाई सीप प्रयोग गर्न आग्रह गरे ।

morning glory
Mahendranagar

उनले भने, ‘विभिन्न खालका सिपमुलक तालिमहरु दिनुको उद्धेश्य आफ्नै गाँउ घरमा बसेर केहि न केही गरी आत्मनिर्भर बनुन भन्ने रहेको हाम्रो उद्धेश्य हो ।’

तालिम उदघाटन समारोहमा वडा अध्यक्ष सिह सहित वडा सदस्यहरु पिंकी रावत, बब्ली सुनार, महाविर रोकाया, धन बहादुर थापा र सव–ईन्जिनियर भरत सिंह कार्की, वडा सचिव चन्द्र बहादुर चौधरी, सामाजिक परिचालिका शोनी क्षेत्री लगायतका सहभागी भएका छन् ।

 

saark school
सम्बन्धित
Loading...