ghar sansar

कृष्णपुरमा वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धी अभिमुखिकरण कार्यक्रम

little buddha academy
khasi

महेन्द्रनगर । कृष्णपुर नगरपालिका २ बाणिमा बिहीबार वातावरणीय तथा सामाजिक सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको छ । तराई भू परिधि कार्यक्रम(ताल)को आर्थिक सहयोगमा सामुदायिक वन समन्वय समिति (सिएफसिसि)ले अभिमुखिकरण कार्यक्रमको आयोजना गरेको हो ।

कार्यक्रममा बोल्दै सिएफसिसिका अध्यक्ष एवं निवर्तमान सुदूरपश्चिम प्रदेश सभाका सदस्य महेशदत्त जोशीले सामुदायिक वन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दा आदिवासी जनजातीको अधिकार सुनिश्चित गरिनु पर्ने बताए ।

,orning glory badhai

वातावरणीय प्रभाव, धार्मिक महत्व, सामाजिक प्रभावका बारेमा जानकारी राखेर मात्रै कार्य अगाडि बढाईनु पर्ने बताए । योजनावद्ध रुपमा गरिने कार्यक्रममा जोखिम व्यवस्थापन सुशासनका अभ्यासहरुलाई सुनिश्चित गरिनु पर्ने उल्लेख गरे ।

“छोटो अवधिको तालिमबाट धेरै कुरा सिकेका छौं” उनले भने, “अझै कार्यक्रमलाई विस्तृत रुपमा तल्लो तहमा पुरयाउन आवश्यक छ, यसको स्व अभ्यास गर्नु जरुरी छ ।”

जयलक्ष्मी सामुदायिक वनका अध्यक्ष बसन्ती रानाले ताल र डब्लुडब्लु लगायतका संस्थाले पछाडि परेका समुदायका लागि कार्य गर्दै आएको बताइन् । बस्ती जोगाउनका लागि तारजालीको व्यवस्था गरिएकोमा प्रशंसा गर्दै उनले आगामी दिनमा पनि सहयोगको अपेक्षा राखेको बताइन् ।

dirghayi clinic

ग्वासी समैजी सामुदायिक वनका अध्यक्ष इश्वरदत्त भट्टले वातावरणीय तथा सामाजिक सुरक्षाका बिषयमा ज्ञान प्राप्त गरेको उल्लेख गर्दै आदीवासी जनजाती, पछाडी परेका समुदाय, उपभोक्ताको अधिकार सुनिश्चित गरिनु पर्ने कुरा सिक्न पाईएको बताए ।

उनले सामुदायिक वनका पूर्व पदाधिकारीहरुलाई समेत यस कार्यक्रममा समेटन सके सम्बद्ध पक्षको अधिकार सुरक्षा गर्न सहयोग पुग्ने धारणा राखे । सुनदेवी उपभोक्ता समितिका अध्यक्ष भरत बहादुर बिष्टले अभिमुखिकरण कार्यक्रममा सिकेका कुराहरुलाई उपभोक्ताहरु विच पुरयाएर प्रकृतिसंग जोडिएका जातजातीका अधिकार सुरक्षित गर्न सघाउ पुग्ने बताए ।

छोटो अवधिको कार्यक्रम भएपनि प्रेरणादायी रहेको उनको भनाई थियो । कार्यक्रममा डब्लु डब्लु एफ नेपालका विमिशिखा भण्डारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारे ।

कार्यक्रमको उद्देश्यबारे प्रष्ट्रयाउदै उनले वातावरणमा आदीवासी जनजातीका अधिकारका प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव पार्ने कुराहरु, वातावरण स्वस्थ्य राख्न ध्यान दिनु पर्ने कुरा, सामाजिक कुरा, सामाजिक र मानव अधिकार प्रतिवद्धता अनुसारका कार्यहरु, कार्यक्रमले गर्दा हुने हानी नोक्सानी, जोखिम व्यवस्थापन, गुनासो व्यवस्थापन लगायतबारे जानकारी दिए ।

उनले सुशासनका अभ्यासहरु, संरक्षण परियोजनाहरुले समुदाय र प्रकृतिका लागि ल्याउने राम्रो परिणमकाबारे कार्यक्रममा व्याख्या गरे ।

कार्यक्रममा तराई भू परिधि कार्यक्रमका शेर बहादुर चौधरी, देवराज जोशी, विरेन्द्र सामुदायिक वनका अध्यक्ष सावित्री सिंह,ऐश्वर्या सामुदायिक वनका इश्वर बुढा,चुरे संरक्षण सञ्जालका अध्यक्ष रविन्द्र बहादुर कुँबर, समैजी सामुदायिक वनका अध्यक्ष हजारी सिंह भाट, शुक्लाफाँटा उपभोक्ता समितिका मदनलाल चौधरी लगायत सहभागी भएका छन् ।

यसैगरी कार्यक्रममा त्रिशक्ति उपभोक्ता समितिका अध्यक्ष दमन बहादुर चन्द,डिभिजन वन कार्यालयका अमर सिंह धामी, जनहित महाकाली सामुदायिक वनका अध्यक्ष तुलसीराम चौधरी, शोभाताल उपभोक्ता समितिका मोतिराम राना,समैजी सावका ज्योती राना,सिएफसिसिका शिवदत्त पन्त,नरेशराज भट्ट, सावित्री पाण्डेय,दान बहादुर कामी, मिन बहादुर बोहरा लगायत सहभागी भए ।

Himal dental
सम्बन्धित
Loading...