उदयदेब सहकारीको सहकारी पत्रकारिता पुरस्कार पत्रकार विष्टलाई प्रदान

महेन्द्रनगर । उदयदेब बहुद्देश्यीय सहकारी लि. कञ्चनपुरले पत्रकार राजेन्द्र विष्टलाई सहकारी पत्रकारिता पुरस्कार प्रदान गरेको छ । उदयदेब सहकारीको २५ औं वार्षिक साधारण सभा उद्घाटन समारोहमा पत्रकार विष्टले पत्रकारिताको माध्यमबाट सहकारीको विकास र प्रवद्र्धनमा योगदान पुगाएको भन्दै पुरस्कार प्रदान गरिएको छ ।

साधारण सभा उद्घाटन समारोहका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवालालाई पत्रकार विष्टलाई नगद ११ हजार धनराशीको पुरस्कार सम्मान सहित प्रदान गरे ।

भीमदत्त नगरपालिका ८ का विष्ट टिभी टुडे टेलिभिजनमा कार्यरत छन् । उदयदेब सहकारी सञ्चालक समितिका सदस्य पत्रकार चित्राङ्ग थापाको नेतृत्वको छनौट समितिले पत्रकार विष्टलाई पुरस्कारका लागि छनौट गरेका हो । कार्यक्रममा सदस्य थापाले विष्टलाई पुरस्कारका लागि छनौट गरिएको घोषणा गरी पुरस्कार ग्रहणका लागि आमन्त्रण गरेका थिए । उनले यस पटक विद्युतीय मिडिया र अर्को वर्ष छात्रा माध्यमका पत्रकारलाई पुरस्कार दिने बताए ।

उदयदेब सहकारीले सहकारी क्षेत्रका विषय वस्तुलाई पत्रकारितामा प्राथमिकता दिने पत्रकारलाई यस वर्षदेखि राष्ट्रिय सहकारी पत्रकारिता पुरस्कार स्थापना गरेको हो । सहकारीले आगामी वर्षदेखि यसलाई निरन्तरता दिँदै जाने सहकारीका प्रमुख कार्यकारी गणेश बहादुर चन्दले बताए ।

सम्बन्धित
Loading...