महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका– ४ मा सरस्वती सामुदायिक सिकाई केन्द्रले महिलाहरुका लागि तीन महिने सिलाई कटाई तालिम सञ्चालन गरेको छ । वडा कार्यालयको सहयोगमा सञ्चालित तालिम शनिबार उद्घाटन गरिएको छ ।
सामुदायिक सिकाई केन्द्रका संयोजक राज अवस्थीको अध्यक्षता र दोधारा चाँदनी नगरपालिका– ४ का वडा अध्यक्ष भक्त बहादुर सुनारको प्रमुख आतिथ्यमा उद्घाटन कार्यक्रम गरिएको छ ।
कार्यक्रममा काँग्रेंस गोपाल दत्त भट्ट, वडा सदस्य गगन बहादुर सिंह, पदमराज अवस्थी, दोधारा चाँदनी नगरपालिका– २ का पूर्व वडा अध्यक्ष कमलापती भट्ट लगायत सहभागी भए ।
वडाका ३० जना महिला सहभागी तालिम उद्घाटन गर्दै वडा अध्यक्ष सुनारले महिलालाई तालिम दिएर आत्मनिर्भर बनाउन तालिम सञ्चालन गरिएको बताए ।
वडा सदस्य सिहले तालिमको सीपलाई सदुपयोग गरी आर्थिक आम्दानी गरी जीविकोपार्जनमा सहज हुने हामीले विश्वास व्यक्त गरे ।