ghar sansar

उदयदेबलाई यति ठूलो सहकारी बनाएर नेतृत्वबाट बाहिरिए चन्द, नारा जोशीले लिइन् नेतृत्व

little buddha academy
khasi

महेन्द्रनगर । उदयदेब बहुउद्देश्यीय सहकारी संस्था लि.लाई सुदूरपश्चिमा सबैभन्दा ठूलो सहकारी बनाएर वरिष्ठ अधिवक्ता पूर्ण बहादुर चन्द नेतृत्वबाट बाहिरिएका छन् । सहकारीको २५ औं वार्षिक साधारण सभाबाट अध्यक्ष चन्दले विश्राम लिएर उपाध्यक्ष नारा जोशीले नेतृत्व जिम्मेवारी पाएकी छन् ।

बैजनाथ माध्यमिक विद्यालयका पूर्व शिक्षक जोशी सहकारीमा शेयर सदस्य हुँदै सञ्चालक भएर उपाध्यक्ष भएकी हुन् । शनिबार साधारण सभाबाट जोशीलाई सहकारीको नेतृत्व प्रदान गरिएको छ ।उनले सहकारीलाई गरिमा बढाउने गरी जिम्मेवारी निर्वाह गर्ने बताएकी छन् ।

,orning glory badhai

निवर्तमान अध्यक्ष चन्दको कार्यकालमा सहकारीको शेयर पूँजी, शेयर सदस्य, कार्य क्षेत्र विस्तार, लघु बित्त कार्यक्रम सञ्चालन लगायतका उपलब्धि हासिल गरिएका छन् । उदयदेब सहकारीमा हाल २३ हजार ५ सय ३८ जना शेयर सदस्य छन् । चालु आर्थिक वर्षको असार मसान्तसम्म सहकारीको शेयर पूँजी १८ करोड ८५ लाख थियो । चन्दको कार्यकालमा सहकारीको शेयर पूँजीलाई तीन वर्षभित्र २५ करोड पुगाउने लक्ष्य लिइएको छ ।

साधारण सभा उद्घाटन समारोहमा निवर्तमान अध्यक्ष चन्दले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरृेका थिए । उनको प्रतिवेदनमा हालसम्म ११ अर्ब निक्षेप संकलन र १० खर्ब ६३ करोढ ऋण लगानी गरिएको छ ।

उदयदेब सहकारीले गत आर्थिक वर्षमा ६ करोड ५५ लाख ४० हजार मुनाफा कमाएको थियो । महेन्द्रनगरस्थित केन्द्रीय कार्यालय सहित सहकारीका विभिन्न शाखामा ६५ जना कर्मचारी छन् । सहकारीले कञ्चनपुर बाहिर कैलाली, डडेल्धुरा र बैतडीमा शाखा विस्तार गरी कारोबार गर्दै आएको छ ।

सहकारीले बिऊ प्रशोधन केन्द्र, कष्टम हेयरिङ्ग सेन्टर र भीमदत्त नगरपालिका १९ बागफाँटामा राइस मिल सञ्चालनको अन्तिम तयारी गरेको छ । सहकारीका प्रमुख कार्यकारी अधिकृत गणेश बहादुर चन्दले मिल सञ्चालनका लागि यस वर्ष किसानबाट तीन हजार क्विन्टल धान खरिद गरिएको बताए ।

dirghayi clinic

साधारण सभाबाट निरञ्जन प्रसाद भट्ट उपाध्यक्ष र शंकरदत्त भट्ट कोषाध्यक्ष भएका छन् । सहकारीको सदस्यमा उषा विष्ट, कौशिल्या कुमारी ओझा, प्रकाशराज पाठक, सुनिलदत्त ओझा, हर्क बहादुर चन्द र कृति बहादुर चन्द चयन भएका छन् ।

निवर्तमान समितिका सदस्य चित्राङ्गको थापाको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन भएको छ । समितिमा यज्ञराज पाण्डेय र भीमराज भट्ट सदस्य छन् ।

साधारण सभा उद्घाटन समारोहमा वक्ताहरुले सहकारीको प्रशंसा गरेका थिए । सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाश देउवाले साधारण सभा उद्घाटन गरेका थिए ।

कार्यक्रममा भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेल, जिल्ला सहकारी संघका उपाध्यक्ष खगेश्वर केसी, कञ्चनपुर बहुउद्देशीय बचत तथा ऋण सहकारी सञ्जालका अध्यक्ष प्रेम सिह भाट, भलिबल प्रशिक्षक जगदीश भट्ट लगायतले उदयदेब सहकारीले सहकारी क्षेत्रमा पुगाएको योगदानको प्रशंसा गरेका थिए ।

सहकारीका प्रमुख कार्यकारी अधिकृत चन्दले सहकारीलाई हेर्ने सरकारी दृष्टिकोण र ऐन कानुन सहकारीमैत्री नभएकाले सहकारी क्षेत्र समस्यामा परेको कार्यक्रममा बताएका थिए ।

संविधानमा तीन खम्बे अर्थनीतिको रुपमा सहकारीलाई स्वीकार गरिए पनि सहकारीलाई सरकारका ३६ ऐन कानुनले सहज रुपमा कामकाज गर्न अप्ठेरो परेको कार्यकारी अधिकृत चन्दको भनाई थियो ।

Himal dental
सम्बन्धित
Loading...