
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका १० का महिलाले गाउँ घरमा पाइने अमला, आम, बयर, कागती लगायतबाट अचार बनाउन सिकेका छन् । दोधारा चाँदनी नगरपालिका १० नम्बर वडा कार्यालयले आफ्नो वार्षिक कार्यक्रम अनुसार वडाका ४० जनालाई आचार बनाउने तालिम दिएको छ ।
पाँच दिनसम्म सञ्चालन गरिएको तालिममा सहभागीहरुले आचार बनाउन सिकेको बताए । तालिम समापनमा वडा अध्यक्ष चन्द्र बहादुर सिहले सिकेको कुरालाई ब्यवहारमा उतार्न सहभागीहरुलाई अनुरोध गरे । उनले आचार बनाउन चाहने सबैलाई वडा कार्यालयले सहयोग गर्ने बताए ।
तालिम जनजाती, दलित वर्गलाई लक्षित गरी सञ्चालन गरिएको वडा अध्यक्ष सिहको भनाई छ । समापन कार्यक्रममा वडा अध्यक्ष सिंह सहित वडा सदस्य महाविर रोकाया, बब्ली सुनार, धन बहादुर थापा, पिंकी रावत, दोधारा चाँदनी नगरपालिका न्यायिक समिति सदस्य कमला उपाध्याय, सामाजिक परिचालिका शोनी क्षेत्री, तालिम प्रशिक्षक कबिता भट्ट लगायतका सहभागी भएका छन् ।
