मन्त्री किराँतीको राजीनामा माग गर्दै पुत्ला दहन

महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कञ्चनपुरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको पुत्ला दहल गरेको छ । महेन्द्रनगरमा केही समय अघि राप्रपाले मन्त्री किराँतीको राजीनामा माग गर्दै पुत्ला जलाएको छ ।

मन्त्री किरातीले गत बुधबार दिएको अभिव्यक्ति गैरसंवैधानिक भएको भन्दै राप्रपाका कार्यकर्ताले मन्त्री किरातीको राजीनामा माग गर्दै उनीविरुद्ध नाराबाजी समेत गरेका थिए ।

बुधबार क्रिसमस फेस्टिभलमा मन्त्री किरातीले क्रिश्चियनलाई मान्दिन भन्नु संविधान मान्दिन भन्नु हो र संविधान मान्दिन भन्नेहरु देशद्रोही हुन् भन्ने अभिव्यक्ति दिएका थिए ।

सम्बन्धित
Loading...