ghar sansar

अनमीमाथि जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकी इन्चार्ज सहित तीन जना पक्राउ

महेन्द्रनगर । मुगुमा स्वास्थ्यकर्मीमाथि जातीय विभेद गरेको आरोपमा थप एक जना पक्राउ परेका छन्। २३ वर्षीया तुलसाकुमारी विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा मुगुको सोरू गाउँपालिका–९ का सुरजकुमार शाही पक्राउ परेका हुन् । उनी स्वास्थ्य चौकी इन्चार्ज हुन् ।

उनलाई जिल्ला प्रहरी कार्यालय मुगुले सोमबार साँझ पक्राउ गरेको हो। स्वास्थ्यकर्मी विश्वकर्माले सुरजसहित ३ जनाविरूद्ध शुक्रबार प्रहरीमा उजुरी दिएकी थिइन्। शुक्रबार उजुरी दिए पनि आइतबारमात्र दर्ता भएको थियो ।

यसअघि सोरू गाउँपालिका–९ का ५४ वर्षीय झ्‍यापु शाही र सोही पालिकाको वडा–६ का धनप्रसाद भट्ट पक्राउ परिसकेको प्रहरीले जनाएको छ । झ्यापु र धनलाई आइतबार नै पक्राउ गरिएको हो ।

लामो समयदेखि जातीय विभेद भोग्दै आएको भन्दै उनले ’जातीय भेदभाव तथा छुवाछुत कसुरमा’ जाहेरी दिएकी हुन्।

Himal dental
सम्बन्धित
Loading...