वनखेतको डायमण्ड क्यासिनोकी महिला कामदारले गरिन् आत्महत्या, डेरामा भेटिइन् मृत

महेन्द्रनगर । वनखेतस्थित डायमण्ड क्यासिनोमा कार्यरत एक कामदारले आत्महत्या गरेका छन् । झापाको मेची नगरपालिका ६ की प्रियंका राजबंशी मंगलबार विहान विद्युत प्राधिकरणको महेन्द्रनगर वितरण केन्द्र अगाडि कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

राजबंशीको शवलाई पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ । प्रहरीले राजवंशीको शवलाई विहान अस्पताल पुगाएको थियो । शवको अहिलेसम्म पोष्टमार्टम भएको छैन् । उनका आफन्त केही समय अघि मात्रै महेन्द्रनगर पुगेका छन् ।

प्रहरीले आत्महत्याको कारण खुल्न नसकेको बताएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले आत्महत्याको कारण खुल्न नसकेको बताए ।

‘आत्महत्या किन गरेको रहेछ भन्ने कुरा खुल्न सकेको छैन, प्रहरीले विहान मात्रै घट्नाबारे थाह पाएको हो’ उनले भने,‘अरु कुरा बुझ्दैछौ ।’

सम्बन्धित
Loading...