
महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिका ३ बडवाल टोलस्थित हात्तीले घर भत्काएर पीडित चम्पादेबी सार्कीलाई गैर सरकारी संस्था नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) सुद्दढ परियोजनाले घर निमार्णका लागि सहयोग गरेको छ् ।
हात्ती घर भत्काएपछि अर्काको घरमा आश्रयि लिँदै आएकी सार्कीलाई आईएमई मार्फत १८ हजार ७ सय ७८ रुपैँया सहयोग गरिएको छ ।
एनएनएसडब्लुए सुद्दढ परियोजनाले चम्फाको घर निमार्णको लागी आईएमई मार्फत सहयोग रकम पठाएको चम्फा सार्कीले बताइन् ।
जंगली हात्तीले भत्काएको चम्फाको घर निमार्णको लागी युवाहरुले अभियान संचालन समेत गरेका छन् । जंगली हात्तीले चम्फाको घर भत्काएपछि चम्फा बेघर भएर कहिले विद्यालय, कहिले छिमेकीको घरमा आश्रय लिएर बस्दै आएका छन् ।
युवाले चम्फाको घर निमार्ण गर्नेको लागि अभियान सञ्चालन गरेर देश, बिदेशबाट नेपाली दाजु भाईहरुबाट झण्डै ५० हजार रकम संकलन गरिएको अभियन्ता भिम कुमालले जानकारी दिएका छन् ।
