Sarsoti

११ दिने कार्यक्रमका लागि ईन्टरनेशनलका दिपेश गए माल्दिभ्स

lotus institute

महेन्द्रनगर । नेपाली सेनाको एनसीसी जुनियर डिभिजन तालिम अन्तर्गत ईन्टरनेशनल पब्लिक स्कूलमा कक्षा १० मा अध्ययनरत दिपेश वड माल्दिभ्स भ्रमणमा गएका छन् ।

Mahendranagar

गत वर्ष तालिममा छनौ भएका उनी पुस ८ देखि १८ गतेसम्म सञ्चालन हुने ११ दिने युथ एक्सचेन्ज प्रोग्राममा सहभागी हुन माल्दिभ्स गएका हुन् ।

morning glory

यस अघि २०७८ मा छनौटमा परेका निभा कुँवर कोरोनाको कारण विदेश जान नपाएर रोकिएकी थिइन् । २०७६ मा अरुणा बम सिङ्गापुर गएकी थिईन ।

एनसीसीमा प्रदान गरिने तालिममा यस विद्यालयका विद्यार्थीहरुको उत्कृष्ट प्रदर्शनले हरेक वर्ष वैदेशिक अध्ययन भ्रमणका लागि छनौट हुने गरेको विद्यालयका अतिरिक्त क्रियाकलापका संयोजक हेमराज पनेरुले जानकारी दिए । नेपाली सेनाका सन्ततिहरुलाई समेत अध्यापन गराउँदै आएको छ ।

saark school
सम्बन्धित
Loading...