ghar sansar

बेदकोटकी उप मेयर जोशीले भनिन्– छाडा चौपाया व्यवस्थापनमा ममाथि लाञ्छना लगाउनेले आत्म आलोचना गर्नु पर्छ

little buddha academy
khasi

महेन्द्रनगर । बेदकोट नगरपालिकाका उप मेयर तुलसीले आफूलाई छाडा चौपाया व्यवस्थापनमा अनावश्यक आरोप लगाउनेहरुले आत्म आलोचना गर्न पर्ने बताएकी छन् ।

इन्द्रेणी कृषि सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा उद्घाटन सत्रमा उनले आफूले छाडा चौपाया व्यवस्थापनको कार्य अघि बढाउँदा आफूमाथि अनावश्यक लाञ्छना लगाइएको भन्दै आक्रोश व्यक्त गरिन् ।

,orning glory badhai

बेदकोट नगरपालिकाले छाडा चौपाया व्यवस्थापनको जिम्मा आफूलाई दिएपछि जग्गा खोजेर व्यवस्थापनका लागि अघि बढ्दा राजनीतिक पूर्वाग्रह राखेर अनावश्यकता आरोप लगाइएको बताइन् ।

‘बेदकोट नगरपालिका ४ बैतोडामा जग्गा खोजेर व्यवस्थापनका कार्य अघि बढाउँदा ममाथि कुटपिट ग¥यो भन्ने आरोप लगाइयो, राजनीतिकले पूर्वाग्रहले गर्दा यस्तो भो, त्यो सम्झदा अहिले पनि मलाई रुन मन लाग्छ’ उनले भनिन्,‘त्यसमा संलग्नले अहिले आत्मआलोचना गर्नु पर्छ, म जनप्रतिनिधिले भएर मान्छे कुट्ने, म अध्यात्मिक मान्छे, त्यो जग्गामा नरिवल गाडेपछि कुटपिट गरेको भनेर प्रचार गरियो, यस्तै हो भने म आउँदा दिन यस्तमा गन्धा खेलमा लाग्ने छैन ।’

उप मेयर जोशीले आफूमाथि अनाश्यक आरोप लगाई पनि आफूले कसैबाट साथ नपाएको दुखेसो पोखिन् । उनले आफूलाई पार्टी, पार्टीका संगठन, महिला कसैले पनि साथ नदिएको बताइन् ।

dirghayi clinic

‘मलाई एक जनाले पनि तिमीले के गरेको हो भनेर कसैले सोधेन, खै मेरो पार्टी संगठन, खैरो मेरा महिला दिदी बहिनीहरु, मेरा लागि एउटा शब्द पनि बोल्ने कोही भएनन्’ उप मेयर जोशीले भनिन् ।

उप मेयर जोशीले बैजनाथ महिला बहुउद्देश्यीय सहकारी संस्था लि.ले सबै वडा अध्यक्षहरुलाई बोलाएर जग्गा व्यवस्थापनका लागि छलफल गरिएको बताइन् । त्यस छलफलमा सबै वडा अध्यक्षहरुले चौपाया व्यवस्थापनका लागि जग्गा नभएको बताएको उनले बताइन् ।

चौपाया व्यवस्थापनका लागि चाहिने जग्गा खोजीका लागि आफूले मेयरसित पनि छलफल गरेको उनको भनाई थियो ।
वडा अध्यक्षसित छलफलबाट जग्गाको सम्भावना नभएपछि सहकारीले बेदकोट नगरपालिक ४ बैताडोमा बाल ज्योति माध्यमिक विद्यालयको १२ बिगाहा जग्गा खोजी गरिएको बताइन् ।

बैतोडामा चौपाया व्यवस्थापनका लागि जग्गा खोजी भएपछि स्थानीयले चौपाया व्यवस्थापन हुनु पर्ने भन्दै नगरपालिका कार्यालय पुगाएका थिए । नगरपालिका चौपाया पुगाउने स्थानीयले उप मेयर जोशीमाथि कुटपिट गरेको आरोप लगाएका थिए ।

उप मेयर जोशीले त्यति बेला कुटपिट आरोपको खण्डन गरेकी थिइन् । स्थानीयले नगरपालिकामा पुगाएका छाडा चौपायालाई केही दिन कार्यालय नजिक चौधर नदीको बगरमा राखेर बैतोडा लगिएको थियो ।

अहिले बैतोडामा ५ सय बढी चौपाया राखिएका छन् । नगरपालिकाले सबै वडाबाट चौपायालाई लगेर बैतोडा पुगाएको थियो ।

Himal dental
सम्बन्धित
Loading...