ghar sansar

बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारण सभा सम्पन्न

khasi

महेन्द्रनगर । बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्था लि.ले सातौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । प्रतिनिधि सभा सदस्य तारालामा तामाङ्ग सहकारीको साधारण सभा उद्घाटन गरे ।

सहकरीका अध्यक्ष कमला रेग्मी जोशीको अध्यक्षतामा गरिएको कार्यक्रममा वार्षिक प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम र साधारण सभाका प्रस्तावहरू पेश गरिएका थिए ।

सहकारीका प्रबन्धक विमला कुमारी बडवालले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य देवकी जोशीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरे । सहकारीको बन्द सत्रबाट उद्घाटन सत्रमा प्रस्तुत प्रतिवेदन सहित १५ बुँदे प्रस्ताव पारित गरिएको छ ।

dirghayi clinic

कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तामाङ्गले सहकारीमा आबद्ध सबैको सहकार्यमा सहकारीले कारोबार गर्दा कुनै समस्या नआउने हुँदा सबै सदस्यहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

पछिल्लो समय विभिन्न सहकारी संस्थाहरू विवादमा आइरहेको हुँदा त्यस्तो हुन नदिन सबै सदस्यहरू सचेत हुनुपर्ने बताए ।

कार्यक्रममा बेलडाँडी गाउँपालिका २ का वडा अध्यक्ष नारद सिंह उर्याल, वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र बहादुर खड्का, साना किसान कृषि सहकारीका दैजीका अध्यक्ष तथा प्रदेश कृषि सहकारी संघ सुदूरपश्चिमका अध्यक्ष एवं नेपाल कृषि सहकारी केन्द्रीय संघका सदस्य धर्मसिंह कुँवर लगायतले शुभ कामना मन्तव्य राखे ।

सकारीमा हाल एक हजार ४ सय १६ जना शेयर सदस्य छन् । सहकारीले शेयर सदस्यका छोरा छोरीलाई अध्ययनका लागि विदेश पठाउने, मलखाद बिक्री वितरण, साना सिँचाई, एम्बुलेन्स सेवा, सहुलियत ब्याजदरमा ऋण प्रवाह गर्दै आएको अध्यक्ष रेग्मीले बताइन् ।

 

Himal dental
सम्बन्धित
Loading...