उखु बोकेको ट्रयाक्टरको ठक्करले ढक्कामा बालिकाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरको ढक्कास्थित आरक्ष पीडित शिविर नजिक उखु बोकेको ट्रयाक्टरले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ ।

बेलौरी जाँदै गरेको सु.प.प्र.०१ ००२ त ७०१३ नं.को टेक्टरले शनिबार साँझ ठक्कर दिएपछि १० वर्षिया अरपिता सिंहको घटनास्थलमै मृत्यु हो ।

स्थानीयका अनुसार बालिका सडक क्रस गर्ने बेला ट्रयाक्टरले बालिकालाई ठक्कर दिएको हो । बालिकाका आफन्त र स्थानीयले मृत्युपछि सडक खण्ड अवरुद्ध गरेका छन् । उनीहरुले सडकमा टायर बालेका छन् ।

सम्बन्धित
Loading...