महेन्द्रनगर । कबर्ड हलमा १२ औं प्याब्सन फेस्टिबल सुरु भएको छ । चार दिनसम्म चल्ने महोत्सवको परराष्ट्र मन्त्री एनपी साउँदले उद्घाटन गरेका छन् । महोत्सवमा प्याब्सन आवद्ध जिल्ला भरका झण्डै तीन दर्जन विद्यालय सहभागी भएका छन् ।
कबर्ड हलमा महोत्सव उद्घाटन अघि महेन्द्रनगर बजारमा क्षेत्रमा प्रभातफेरि गरिएको छ । गाजा बाजा सहित गरिएको प्रभातफेरिमा विद्यार्थी, शिक्षक, कर्मचारी लगायतका सहभागी भएका छन् ।
महोत्सव उद्घाटन गर्दै परराष्ट्र मन्त्री साउँदले निजी क्षेत्रको शैक्षिक क्षेत्रमा पुगाएको योगदान महत्वपूर्ण भएको उल्लेख गर्दै उनले सरकारले निजी शैक्षिक क्षेत्रलाई चुनौती र अवसरका रुपमा नलिएर अवसरका रुपमा प्रयोग गरिनु पर्नेमा जोड दिए ।
‘निजी क्षेत्रले शैक्षिक क्षेत्रमा पुगाएको योगदानको कुरा महत्वपूर्ण छ, यसलाई सकारात्मक रुपमा लिएर अघि बढ्नु पर्छ’ उनले भने,‘निजी शिक्षण संस्थासित ईश्र्या गर्न पर्ने छैन, नकारात्मक सोच्नु पर्ने कुरा पनि छैन, यसलाई चुनौती वा ईश्र्याको रुपमा नलिएर अवसरका रुपमा प्रयोग गर्नु पर्छ ।’
उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिह रावलले विद्यार्थीहरुलाई समय साक्षेप शिक्षाका साथै स्थानीय विषय वस्तु सहितका पठनपाठन गराउनु पर्ने आवश्यकता औंल्याए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य गोबिन्द भट्टराईले शैक्षिक क्षेत्रको विकास विना राष्ट्रले विकासको गति लिन नसक्ने उल्लेख गर्दै शैक्षिक गुणस्तर बलियो बनाउनु सबै पक्ष लाग्नु पर्ने बताए ।
प्याब्सनका केन्द्रीय सल्लाहकार हिरा चन्दले निजी क्षेत्रका शिक्षण संस्थाले शैक्षिक क्षेत्रमा पुगाएको योगदान राज्यले कदर गर्नु पर्नेमा जोड दिए ।
प्याब्सनले पठनपाठन बाहेक विद्यार्थीहरुको अतिक्ति क्रियाकलाप गरी अन्र्तनिहित प्रतिभा उजागारका लागि महोत्सव आयोजना गर्दै आएको छ ।
उद्घाटन समारोहका अध्यक्षतामा गरि रहेका प्याब्सन कञ्चनपुरका अध्यक्ष अमराम भट्टले निजी शैक्षिक संस्थातहरु पठनपाठन बाहेक अतिरिक्त क्रियाकलाप गरी विद्यार्थीहरुको प्रतिभाव बाहिर ल्याउन महोत्सव आयोजना गरिएको बताए ।
‘निजी क्षेत्रका शैक्षिक संस्थाहरु पढाई मात्रै होइन, खेलकूद प्रतियोगितामा पनि अब्बल छन् भन्ने यस महोत्वसबाट देखाउन चाहन्छौ’ उनले भने,‘यस महोत्सवबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पहिचान कायम राख्ने खेलाडी उत्पादन हुने विश्वास लिएका छौ’ उनले भने ।
प्याब्सन कञ्चनपुरले २०६६ देखि बर्सेनी आयोजना गर्दै आएको महोत्सव कोरोना महामारीका कारण २०७६ पनि रोकिएको थियो । अहिले फेरि महोत्सवलाई निरन्तरता दिइएको हो ।
प्याब्सनका जिल्ला उपाध्यक्ष एबम् महोत्सव तयारी मूल समितिका संयोजक महादेब प्रसाद भट्टले स्वागत मन्तव्य राख्दै प्याब्सनले बर्सेनी प्रतियोगिता आयोजना गर्ने बताए ।
उद्घाटन समारोहमा विद्यार्थीहरुले मार्चपास प्रदर्शन गरे । उत्कृष्ठ मार्चपास गर्ने पाँच विद्यालय पुरस्कारका लागि छनौट गरिएका छन् । ती विद्यालयमा सनलाइट पब्लिक एकेडेमी, सनराइज पब्लिक स्कुल, शिशु विद्या मन्दिर, होली फेमली इङ्गलिश मिडियम स्कुल र न्यू सरस्वती विद्या मन्दिर ऐरी छन् ।
मार्चपासमा उत्कृष्ठ विद्यार्थीलाई महोत्सव समापनमा पुरस्कार प्रदान गरिने छ । प्याब्सन सचिव राकेश बहादुर चन्दले कार्यक्रम सञ्चालन गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिह विष्ट, जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका मेयर पदम बोगटी, बेदकोट नगरपालिकाका मेयर भोजराज बोहरा, दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, प्याब्सनका केन्द्रीय सदस्य प्रेम सिह पूजारा, जिल्ला खेलकूद विकास समितिका अध्यक्ष कुबेर खड्का लगायतका सहभागी भएका छन् ।
महोत्सव अन्र्तगत सोमबारदेखि खेल प्रतियोगिता सञ्चालन हुने छन् । महोत्सव व्यवस्थापन मूल समितिका संयोजक भट्टले सोमबार छात्रा छात्रा दुबैका भलिबलका खेलहरु हुने जानकारी दिए ।
कार्यक्रममा सहभागी विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरे ।