
महेन्द्रनगर । बेदकोट नगरपालिका ६ सिसैयास्थित भुवनेश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा प्रबिन बोगटी चयन भएका छन् । विद्यालयमा मंगलबार भएको सदस्यहरुको भेलाबाट बोगटीको अध्यक्षातमा व्यवस्थापन समिति चयन गरिएको छ ।
समिति सदस्यमा सरिता पाण्डेय,बसन्ती ठकुराठी, मणिराज भट्ट, राम सिह चौधरी चयन भएका छन् । समितिको सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक रण बहादुर देउल्याल सदस्य सचिव छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकराम वैजको निधन भएपछि नयाँ समिति चयन गरिएको छ ।
