खुला मञ्च नजिक रुखमा भेटिए झुण्डिएको अवस्थामा युवक, परिचय खुलेन, प्रहरी टोली घट्नास्थलमा

महेन्द्रनगर । खुला मञ्च नजिक जामुनको रुखमा एक जना झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । केही समय अघि अन्दाजी २४÷२५ वर्षका युवक झुण्डिएको अवस्थामा भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको टोली घट्ना स्थल पुगेको छ । खुला मञ्चको पश्चिमी पर्खाल पछाडि र भृकुटी माध्यमिक विद्यालय नजिक सब्जीमण्डीका भवन पछाडि ती व्यक्ति झुण्डिएको अवस्थामा भेटिएका हुन् । प्रहरीका अनुसार शव कुहिएको अवस्थामा भेटिएको छ । 

जिल्ला प्रहरी कार्यालयले अन्दाजी २४÷२५वर्ष र कालो जिन्सी पाइन्ट लगाएका युवक मृतक भेटिएको जानकारी दिएको छ । 

सम्बन्धित
Loading...