समातियो एक लाख बढीको अवैध समान, भन्सार चलान

महेन्द्रनगर । प्रहरीले भीमदत्त नगरपालीका–१० विधुत कार्यालय नजिकबाट अवैध समान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी १ लाख १० हजार ८१५ मुल्य बराबरका कुर्ती, सुट, मोबिल, ग्रिस, जुत्ता, मिश्री र चिनी लगायतका सामान बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले उक्त सामान बेवारिसे अवस्थामा फेला पारी नियनत्रणमा लिएको हो ।

नियन्त्रणमा लिएको सामान कारवाहीको लागी भन्सार कार्यालय गड्डाचौकी पठाएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्करराज पन्तले बताए ।

सम्बन्धित
Loading...