ghar sansar

विद्युत तारमा रुखको हाँगा खसेपछि निस्केको झिल्कोले दोधारा चाँदनीमा आगलागी, आठ बिगाहा बढी जमिनको गहुँबाली नष्ट

dirghayu ad

महेन्द्रनगर । दोधारा चाँदनीमा बिहीबार आगलागी भएर सात बिगाहा बढी खेतबारीको गहुँबाली नोक्सान भएको छ । दोधारा चाँदनी नगरपालिका ७ बाबाथानमा रुखको हाँगा बिद्युतको तार खसेपछि निस्केको झिल्काले गहुँबालीमा आगो सल्किएको हो ।

आगलागीबाट स्थानीय बीर बहादुर सुनार सहित सात परिवारको गहुँबाली नोक्सान भएको छ । दोधारा चाँदनी नगरपालिका ६ का वडा अध्यक्ष ओम बस्नेतले आगलाबागीबाट सात बिगाहा बढी जमिनको गहुँबाली नोक्सान भएको बताए ।

ratnam malkhad

‘रुखको हाँगामा विद्युतको तारमा खसेर सर्ट भएर आगो लागेको हो, आगो सल्किएर किसानले काट्न ठिक्क भएको गहुँबाली पूरै जलेर नष्ट भएको छ’ वडा अध्यक्ष वस्नेतले भने,‘कम्तिमा सात बिगाहा जमिनको गहुँबाली जलेर नष्ट भएको छ ।’

दिउँसो ३ बजे गहुँबालीमा लागेको आगोलाई दोधारा चाँदनी नगरपालिकाको दमकल नियन्त्रणमा लिएको हो । आगलागी नियन्त्रणका लागि भीमदत्त नगरपालिकाबाट समेत दमकल मगाइएको छ ।


दोधारा चाँदनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त मिश्रले आगलागी भए लगत्तै दमकल पठाएर आगो नियन्त्रणमा लिइएको बताए ।

आगालागीपछि दोधारा चाँदनी नगरपालिकाका जनप्रतिनिधिले आगो नियन्त्रणका लागि स्थानीयलाई साथ दिए । दमकल पुग्न अघि स्थानीयले पानी र हरिया स्याउला, माटो फालेर आगलागी नियन्त्रणको प्रयास गरेका थिए ।

दोधारा चाँदनी नगरपालिका ६ का वडा अध्यक्ष बस्नेतले दमकमले आगो नियन्त्रणमा लिएकाले थप नोक्सान हुनबाट रोकिएको बताए । गहुँबारीमा दमकल जाने बाटो नभएपछि आगो नियन्त्रणमा लिन असहज अवस्था देखिएको स्थानीयले बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले विद्युतको तार सर्ट भएर आगलागी भएको बताए ।

दोधारा चाँदनीमा केही दिनदेखि हावा हुरी चल्दै आएको थियो । बिहीबार बिहानैदेखि हावाहारी चलेको थियो । हावा हुरीका कारण पनि आगो सल्किएर गहुँबालीमा ठूलो नोक्सान हुन पुगेको हो ।

Himal dental
सम्बन्धित
Loading...