ghar sansar

कञ्चनपुरमा डिएपी मल हाहाकार, कृषि सामाग्री केन्द्र र सहकारी संस्था धाएर किसान हैरान

khasi

महेन्द्रनगर । धान खेती गर्न थालेका किसानहरु यस वर्ष पनि मलखाद नपाएर हैरानी व्यहोर्न पर्ने अवस्थामा पुगेका छन् । धान खेतीका लागि चाहिने जडखाद(डिएपी)का लागि अहिले किसानहरु दैनिक रुपमा कृषि सामाग्री केन्द्र लि. र साल्ट ट्रेडिङ्ग कर्पोरेशनमा धाएर फर्किन थालेका छन् ।

सरकारी अनुदानको मलखादलाई यी दुई निकायले सहकारी संस्था माफर्त किसानलाई बिक्री वितरण गर्र्दै आएका छन् । सहकारी संस्थामा मलखाद नभएपछि किसानहरु दैनिक रुपमा कृषि सामाग्री केन्द्र र साल्ट ट्रेडिङ्ग धाउन बाध्य छन् ।

Anant bahu travels

डिएपी लिन किसानहरु दैनिक सहकारी संस्थामा पनि धाई रहेका छन् । किसानहरु दैनिक कार्यालय आएपछि सहकारी संस्थाका कर्मचारीहरु पनि सामाग्री केन्द्र र साल्ट्र ट्रेडिङ्ग कार्यालय धाइ रहेका छन् ।

महेन्द्रनगरस्थित सूर्योदय बहुउद्देश्यीय सहकारी संस्था लि.का प्रबन्धक रघुबर भट्टले किसानहरु दैनिक रुपमा डिएपीका लागि सहकारीमा आएपछि कृषि सामाग्री केन्द्रको कार्यालयमा आएको बताए ।

‘मलखाद बाँड्ने सहकारीले हो, किसानहरु विहानैदेखि कार्यालय आउनु हुन्छ, हामीसित डिएपी छैन, त्यही भएर कार्यालयले केही व्यवस्था गर्छ भनेर दैनिक रुपमा आउने गरेको छु’ उनले भने ।

उनले कृषि सामाग्री केन्द्रका कार्यालय प्रमुखलाई दैनिक रुपमा किसानको माग अनुसार डिएपी वितरणको माग राख्ने गरिएको बताए ।

‘सहकारीहरुले सामाग्री केन्द्र लि.बाट लगेर किसानलाई वितरण केन्द्र हो, त्यस कारण हाकिम सापलाई दैनिक रुपमा समस्या जानकारी गराई रहेका छौै’ उनले भने,्‘सहकारीमा त विहानैदेखि किसानको लाइन लाइन लाग्छ ।’

कञ्चनपुरमा कषि सामाग्री केन्द्र लि. र साल्ट ट्रेडिङ्गले मलखाद बिक्री वितरण गर्दै आएका छन् । जिल्लामा बिक्री विरतण हुने मलखादको ३० साल्ट ट्रेडिङ्ग र त्यो बाहेकको सबै कृषि सामाग्री केन्द्र लि. विक्री गर्दै आएको हो ।

साल्ट्र टे«डिङ्गमा हालसम्म डिएपी आएको छैन । कुषि सामागी केन्द्र लि. मा आएको ५ सय ५८ टन अर्थात ११ हजार १ सय बोरा डिएपी वितरण भएर सकिएपछि हाहाकार मच्चिएको हो ।

यो जिल्लाका लागि चाहिने डिएपी मलको आधा मात्रै हो । कृषि सामाग्री केन्द्र लि.का अनुसार कञ्चनपुरमा धान खेतीका लागि २५ हजार बोरा डिएपीको माग छ ।

dirghayi clinic

माग अनुसार नआएर आधा मात्रै डिएपी आएपछि किसानको माग अनुसार दिन सक्ने अवस्था नआएको हो । केन्द्रले गोदाममा राखिएको सबै जडखाद सहकारी संस्थालाई वितरणका लागि दिइ सकेको छ । भैरहवाबाट आउने ८ सय बोरा अर्थात ८ टन डिएपी केही दिनभित्र आउने कार्यालयले जानकारी दिएको छ ।

भैरवाहवाबाट आउने ६ टन बाहेक अन्य आउने सम्भावना नभएको कार्यालयको भनाई छ । कृषि सामाग्री केन्द्र लि. महेन्द्रनगर शाखाका प्रमुख सुन्दर केसीले भैरहवाबाट आउने ८ टन बाहेक अन्य डिएपी आउन सम्भावना नभएको बताए ।

‘सरकारले पठाई दिए मात्रै सम्भावना हो, नत्र भैरवाहबाट आउने ८ टन बाहेक अरु परिमाणको डिएपी आउने सम्भावना छैन’ उनले भने ।

केन्द्रका प्रमुख केसीले कार्यालयको गोदाममा आएको सबै डिएपी सहकारी संस्थालाई बिक्री वितरणका लागि दिइ सकेको बताए ।

कञ्चनपुरमा १ सय ३३ सहकारी संस्थाले मलखाद बिक्रीका लागि अनुमति लिएका छन् ।

‘कार्यालयले सहकारी मार्फत किसानलाई अनुदानको मलखाद बिक्री वितरणका लागि दिने हो, कार्यालयमा आएर सहकारीलाई दिइ सकेका छौ’ उनले भने,‘अहिले गोदाम खाली छ, कसैलाई विश्वास नभएर आर्फैले गएर हेरे हुन्छ ।’

केन्द्रले डिएपी अभाव भए पनि युरिया भने किसानको माग अनुसार पुगाउन सकिने अवस्था भएको जानकारी दिएको छ । कन्ेन्द्रमा २५ सय मेट्रिक टन युरिया आएको थियो । अहिले पनि किसानहरुको माग अनुसार युरिया दिने सकिने अवस्था भएको कार्यालय प्रमुख केसीले बताए । ‘युुरिया पर्याप्त छ, किसानको माग अनुसार दिन सक्छौ’ उनले भने ।

कार्यालयले पोटास पनि किसानहरुको माग अनुसार उपलब्ध गराउने सकिने जानकारी दिएको छ ।

भीमदत्त नगर सहकारी सञ्जालका अध्यक्ष ईश्वरी प्रसाद खरेलले खेतीपाती लगाउने सिजनमा किसानले मलखाद नपाउने दुःखदायी अवस्था भएको बताए ।

‘कृषि हाम्रो प्रमुख पेशा हो, अधिकाँश मानिस कृषिमा निर्भर छौ, यस्तो अवस्थामा किसानले माग अनुसार खेतीपाती लगाउने सिजनमा सहज र सुपथ रुपमा मलखाद पाउनु पर्छ’ उनले भने,‘अहिले धान खेती लगाई रहेका किसान मलखादका लागि सरकारी कार्यालय धाउनु राम्रो होइन, यो दुःखद अवस्था हो ।’

सरकारले यस वर्ष देशभरका लागि २५ हजार मेट्रिक टन डिएपी खरिद गरेको थियो । त्यसमा सुदूरपश्चिम प्रदेशले ९ प्रतिशत कोटा दिइएको छ । सुदूरपश्चिम प्रदेशका सबै जिल्ला वितरण गर्दा कञ्चनपुरको भागमा त्यसको ३२ प्रतिशत डिएपी पुगेको हो ।

Himal dental
सम्बन्धित
Loading...