ghar sansar

बेरुजुमा भीमदत्त र कृष्णपुरबीच तीव्र प्रतिस्पर्धा, बेलौरीले पछ्याउँदै, बेलडाँडी र लालझाडीको पनि नाघ्यो दुई करोड, बेदकोट, दोधारा चाँदनी, शुक्लाफाँटा र पुनर्वास हाराहारीमा

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुरमा ९ स्थानीय तहमा एक करोडदेखि १० करोडसम्म बेरुजु आएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक स्थानीय तहको अन्तिम लेखा परीक्षण प्रतिवेदनमा दोधारा चाँदनी, बेदकोट र शुक्लाफाँटा नगरपालिका बाहेक अन्य सबै स्थानीय तहको बेरुजु दुई करोड बढी नाघेको हो ।

भीमदत्त नगरपालिकाबाट गत वर्ष १० करोड ७१ लाख बेरुजु आएको छ । अघिल्लो वर्षको २६ करोडमा गत वर्ष थपिएर बेरुजु ३५ करोड ३९ लाख बेरुजु पुगेको हो ।

ratnam malkhad

नियमति गर्नु पर्ने बेरुजु सबैभन्दा बढी ५ करोड ८२ लाख छ । त्यसपछि कागजात पेश गर्नु पर्ने ४ करोड ३४ लाख, ५२ लाख २६ हजार अशुल गर्न पर्ने बेरुजु छ ।

पुनर्वास नगरपालिकाको बेरुजु एक करोड ४८ लाख छ । महालेखाका अनुसार अशुल गर्नु पर्ने ८ लाख २१ हजार, कागजात पेश गर्न पर्ने ३४ लाख ५० हजार नियमति २३ लाख ९५ हजार र पेश्की ८२ लाख छ । नगरपालिकाको बेरुजु २० करोड २ लाख पुगेको छ ।

शुक्लाफाँटा नगरपालिकाको बेरुजु एक करोड ९१ लाख पुगेकोमा ५८ लाख फस्र्यौट भएर एक करोड ३३ लाख आएको छ । यसमा अशुल गर्नु पर्ने ७४ लाख, कागजात पेश गर्नु पर्ने २२ लाख ७१ हजार, नियमित गर्न पर्ने ३६ लाख छ । नगरपालिकाको गत वर्षसम्मको बेरुजु ९ करोड ४६ लाख छ ।

लालझाडी गाउँपालिकाको बेरुजु ४ करोड ४४ लाख ५१ हजार छ । यसमा अशुल गर्न पर्ने १८ लाख ६० हजार, कागजात पेश गर्न पर्ने ४ करोड ९० लाख, नियमति गर्न पर्ने ११ लाख, पेश्की १ करोड २२ लाख छ । हालसम्म गाउँपालिकाबो बेरुजु १५ करोड ५२ लाख छ ।

कृष्णपुर नगरपालिकामा गत वर्ष ४ करोड ८५ लाख २९ लाख बेरुजु आएको छ । त्यसमा ६३ हजार फस्र्यौट भएको छ । नियमित गर्न पर्ने सबैभन्दा बढी ३ करोड ९० लाख छ । त्यसपछि कागजात पेश गर्न पर्ने ५६ लाख, अशुल गर्न पर्ने १० लाख र ४ लाख पेश्की बेरुजु आएको छ । गत वर्षसम्म नगरपालिकाको बेरुजु हालसम्म ३५ करोड ११ लाख पुगेको छ ।

दोधारा चाँदनी नगरपालिकाको बेरुजु एक करोड २१ लाख आएको छ । यसमा सबैभन्दा बढी अशुल गर्न पर्ने बेरुजु ६४ लाख छ । त्यसपपिछ कागजात पेश गर्न पर्ने २७ लाख ८८ हजार, नियमति गर्न पर्ने ५ लाख र पेश्की बेरुजु २३ लाख छ । लहासम्म नगरपालिकाको बेरुजु २४ करोड ४२ लाख छ ।

बेलडाडी गाउँपालिकाले बेरुजु २ करोड ६८ लाख छ । यसमा सबैभन्दा बढी पेश्की बेरुजु एक करोड ६६ लाख छ । त्यस बाहेक अशुल गर्न पर्ने २८ लाख, कागजात पेश गर्न गर्ने ६१ लाख, नियमति गर्न पर्ने १३ लाख छ । गाउँपालिकाको हालसम्मको बेरुजु ९ करोड ३२ लाख पुगेको छ ।

बेलौरी नगरपालिकामा हालसम्मको बेरुजु २८ करोड १२ लाख पुगेको छ । यसमा गत वर्ष मात्रै ४ करोड १६ लाख थपिएको हो । महालेखाका अनुसार बेरुजुमा सबैभन्दा बढी कागजात पेश गर्न पर्नेमा २ करोड ११ लाख र पेश्कीमा एक करोड ६३ लाख छ । त्यसपछि अशुल गर्न पर्ने ३० लाख ४४ हजार र नियमति गर्न पर्ने २२ लाख छ ।

बेदकोट नगरपालिकामा २ करोड १० लाख बेरुजु आएकोमा ३३ लाख फस्र्र्याैट फस्र्याैट भएर एक करोड ७७ लाख छ । त्यसमा अशुल गर्न पर्ने १५ लाख १७ हजार, कागजात पेश गरी अशुल गर्ने १ करोड ५२ लाख, नियमति गर्न पर्ने ९ लाख र एक लाख पेश्की बेरुजु छ ।

नगरपालिकाको हालसम्मको बेरुजु १५ करोड ६ लाख पुगेको छ ।

Himal dental
सम्बन्धित
Loading...