

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य डा. हिरा चन्द सम्मानित भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) सुदूरपश्चिम प्रदेशको चौथो अधिवेशन उद्घाटन समारोहमा डा. चन्दलाई सम्मान गरिएको छ ।
आयोग सदस्य चन्द प्याब्सनका केन्द्रीय सल्लाहकार हुन् । प्याब्सन सुदूरपश्चिम प्रदेशले चन्द नीति योजना अयाोगको सदस्य भएकोमा सम्मान गरेको छ ।


अधिवेशन उद्घाटन समारोहका प्रमुख अतिथि गृहमन्त्री रमेश लेखकले डा. चन्दलाई सम्मान पत्र प्रदान गरे । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र सिह रावल विशिष्ठ अतिथि थिए ।
प्याब्सन चौथो अधिवेशनबाट चन्द्र बहादुर (सी बी) चन्दको अध्यक्षमा सर्वसम्मत प्रदेश समिति चयन गरिएको छ ।
समितिको वरिष्ठ उपाध्यक्ष शमरजंग बहादुर चन्द, उपाध्यक्ष केशव दत्त भट्ट, डम्बर बहादूर सोडारी, सचिव तर्कराज भट्टराई, कोषाध्यक्ष भवानसिंह बिष्ट, सह सचिव प्रेमवल्लभ भट्ट र सह कोषाध्यक्षः विक्रम कुमार शर्मा चयन भएका छन् ।
प्रदेश समितिमा गोपाल शर्मा गौतम, भवानी प्रसाद भाट, लाल प्रसाद घिमिरे, वासुदेव भट्ट र हेमन्त कुमार बस्नेत सदस्य छन् ।

