ghar sansar

उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य कुमालले मनाए वृद्धाश्रममा जन्म दिन

khasi

महेन्द्रनगर । उज्यालो नेपाल पार्टी (उनेपा) का केन्द्रीय सदस्य सामाजिक अभियन्ता भीम कुमालले महिला तथा वृद्धा सेवा केन्द्रमा जन्म दिन मनाएका छन् ।

बिहीबार साँझ भीमदत्त नगरपालिका ५ वनखेतस्थित वृद्धाश्रमका ज्येष्ठ नागरिक, घर परिवारका सदस्य र आफन्त सहित जन्म दिन मनाएका छन् ।

सो अवसरमा वृद्धाश्रमको गोलघरमा जन्म दिनको केक काटियो । कुमाल धर्मपत्नि गीता लगायतले उनलाई केक खुवाएर शुभकामना दिए ।

dirghayi clinic

जन्म दिनमा कुमालले वृद्धाश्रमलाई खाद्यान्न सहित सामाग्री सहयोग गरेका छन् । दाल, चामल, फलफूल लगायतका सामाग्री सहयोग गरिएको छ ।

कुमालले बर्सेनी आफ्नो जन्म दिनमा अनाथ, ज्येष्ठ नागरिकलाई सहयोग गर्दै आएका छन् ।

दोधारा चाँदनी नगरपालिका २ का कुमालको बसोबास भीमदत्त नगरपालिका १८ जानकी टोलमा पनि छ । कुमाल वृद्धाश्रमको वृद्धवृद्धाहरुको लालनपालनमा सहयोग पुगोस भनेर खाद्यान्न लगायतका सामाग्री सहयोग गरेको बताए ।

 

Himal dental
सम्बन्धित
Loading...