ghar sansar

नेकपाको झलारी सन्देश सभामा भाषण गर्ने नेताहरुको लर्को

little buddha academy
khasi

महेन्द्रनगर । नेपाली कम्युनिष्ट पार्टी) नेकपा कञ्चनपुरले झलारी खुलामा मञ्चमा गरेको पार्टी एकता सन्देश सभालाई दुई दर्जन बढी नेताहरुले सम्बोधन गरेका छन् ।

सभामा नेताहरु भीम बहादुर रावल, गिरिराज मणी पोखेरेल, भानुभक्त जोशी र खगराज भट्ट मुख्य वक्ता हुन् । उनीहरु बाहेक नेकपाका सुदूरपश्चिम प्रदेशका अन्य नेताहरुले पनि सभालाई सम्बोधन गरेका छन् ।

,orning glory badhai

सुदूरपश्चिम सरकारका पूर्व मन्त्री प्रदेश सभा सदस्य सहित नेताहरु शेर बहादुर कुँवर, प्रकाश शाह, लाल बहादुर खडका, बीर बहादुर बुढाथोकी, लोकेन्द्र लम्साल, गोबिन्द विक, झक्त बहादुर अधकिारी, माया नेगी, दिपा चौधरी, जयराज पाण्डेय, प्रताव तिरुवा, कमल क्षेत्री, मान बहादुर सुनार, राधा खरेल, रामऔतार राना, दिपक चौधरी, तनुकलाल चौधरी, मिनराज बडू, भीम बहादुर थापा, रुप बहादुर परियार, दिर्घ सोडारी, कृष्णराज सुवेदी, अक्कल रावल, हिक्मत बडू र खेमराज पाण्डेयले सम्बोधन गरे ।

नेकताका युवा नेता नवराज ऐरले स्वागत मन्तव्य राखेको कार्यक्रम पार्टी एकता सन्देश सभा मूल परिचालन समितिका संयोजक लोकेन्द्र लम्सालको अध्यक्षतामा गरिएको थियो । युवा नेता माधव पन्तले कार्यक्रम सञ्चालन गरे ।

नेता भीम रावल सभामा प्रमुख अतिथि थिए । सभालाई सम्बोधन गर्र्दै नेताहरुले सुदूरपश्चिममा नेकपालाई एक नम्बरको पार्टी बनाउने घोषणा गरेका छन् ।

dirghayi clinic

सभालाई सम्बोधन गर्दै रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीले फेरि प्रधानमन्त्री बन्ने चाहना राखेर संसद पुनस्र्थापनको माग गरेको बताए ।

‘उतिबेला ओली जीले दुई÷दुई पटक प्रतिनिधी सभा विघटन गरिदियो, अहिले आएर पुर्नस्थापनाको एजेण्डा भन्दै हिँडेका छन, फेरि पनि प्रधानमन्त्री बन्ने चाहना राखेका हुन् यो कदापी सुहाउँदैन, नेकपा कञ्चनपुरले सोमबार झलारी खुला मञ्चमा गरेको पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्दै नेता रावलले भने, ‘उतिबेला नै ओलीले नेकपालाई देश र जनताको हितमा काम गरेको भए, अहिलेको स्थिति आउने नै थिएन ।’

नेता रावलले ओलीकै कारण कम्युनिष्ट पाटी, सरकार, संसद, देशलाई खरानी बनेको आरोप लगाए ।

‘७ बर्ष अघि तत्तकालिन नेकपा माओवादी र एमालेबी एकतापछि बनेको नेपाल कम्युनिष्ट पाटी सिध्याउनका लागि ओलीले बिना कारण दुई पटक संसद विघटन गरि दिए’ उनले भने, ‘अहिले आएर ओली र एमालेले संसद पुर्नस्थापनाको कुरा गर्न समेत नैतिकताले सुहाउँछ ।’

संसद, पाटीलाई खरानी बनाएका ओलीले सिद्धान्त नै नमिल्नेसंग संविधान संशोधन गरेर सुशासन ल्याउँछौँ भन्ने विषय लज्जाबोध भएको बताए ।

तोेपले नढल्ने भन्ने ओलीको सरकारलाई युवाले ढलाएको स्मरण गराउँदै फेरि संसद पुर्नस्थापना गराएर सरकार बनाउने खेलमा नलाग्न चेतावनी दिए ।

‘म र विद्यादेवी भण्डारीसंग ओली डराएर हाम्रो सदस्यता खाईदिए, ‘उनले भने, ‘अहिले पनि ११ औँ महाधिवेशन ओलीले धादली गरेर जितेका हुन ।’ जेनजी आन्दोलनका क्रममा देश र जनता बनाउन छाडेर सेनाको हेलिकेप्टर मार्फत भाग्ने ओलीले जनतामाथि घात गरेका छन । आफुलाई ओलीले बुढो भन्ने गरेको तर सुुदूरको खप्तड जान ओलीलाई चुनौती दिए ।

Himal dental
सम्बन्धित
Loading...