ghar sansar

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण अभियान अन्तर्गत जिल्ला स्तरीय संवाद सम्पन्न

khasi

महेन्द्रनगर । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण अभियान अन्तर्गत जिल्ला स्तरीय संवाद तथा समन्वय बैठक गरिएको छ । जिल्ला समन्वय समिति कंचनपुरका प्रमुख दुर्गा दत्त बोहराको प्रमुख आतिथ्यमा कार्यक्रम गरिएको छ ।
समन्वय प्रमुख बोहराले जल,जमिन र जङ्गल सम्बन्धि विवाद शान्तिपूर्ण समाधान हुनु राम्रो भएको उल्लेख गर्दै अभियानलाई निरन्तरता दिनु पर्ने बताए । प्राकृतिक स्रोतको सहि प्रयोग गरी मानव र प्रकृति बिचको सम्बन्धलाई दिगो बनाउनु पर्नेमा बोहराको जोड थियो ।

शुक्लाफाटा राष्ट्रिय निकुञ्जका सहायक वार्डेन बिनय झाले मानव र वन्यजन्तुबिच द्वन्द फेस टु फेस सामना गर्नु पर्ने अवस्था भएको बताए ।

विकास र प्रकृति दुबै चाहिने उल्लेख गर्दै झाले व्यवहार परिवर्तन गर्न सकिए द्वन्द न्यूनीकरण गर्न सकिने उल्लेख गरे ।
डिभिजन वन कार्यालय कंचनपुरका प्रमुख सुरेशचन्द्र डिसिले प्रकृति संरक्षण हुने गरी प्राकृतिक स्रोत प्रयोग हुनु पर्ने बताए ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालले कार्यक्रम गरेको हो । केन्द्रका जिल्ला संयोजक लक्ष्मी साउदले कार्यक्रमको अध्यक्षता गरेकी थिइन् ।

कार्यक्रममा केन्द्रका सहजकर्ता धर्मानन्द पन्तले कार्यक्रमबारे जानकारी दिए ।

केन्द्रले ४८ जिल्लामा संचालन गरेको कार्यक्रम अन्तर्गत २१ जिल्लामा बहु सरोकारवाला द्वन्द्व रुपान्तरण अभियान संचालन गरिएको छ ।

dirghayi clinic

केन्द्रका सहजकर्ता पन्तले पहाड चढ्ने बिधिबाट बहु सरोकारका द्वन्द्व हल गरिने बताए ।

यो बिधिबाट द्वन्द्व समाधानका लागि माकुरा समूह बनाएर द्वन्द्वका पक्षहरुलाई खाटमा बसेर छलफल गरी समाधान खोजिने गरिन्छ । यो बिधिलाई खाट विधि भन्ने गरिएको छ ।

कंचनपुरमा बहु सरोकार द्वन्द्व शान्ति पूर्ण समाधान गरिएका छ्न । बेलौरी नगरपालिकाको रामघाट सामुदायिक वन र मुक्त कमैयाबिचको जमिन खनजोत लगायतका द्वन्द्व समाधान गरिएको कार्यक्रममा जानकारी दिइएको छ ।

शिवहरि सामुदायिक वन उपभोक्ता समूह, जनक त्रिवेणी महिला प्रस्तावित सामुदायिक वन उपभोक्ता समूह र स्थानीय क्लबबिच द्वन्द्व, महाकाली सिचाई तेस्रो चरणको जग्गा विवाद पनि माकुरा समुहबाट हल गरिएको छ ।

लालझाडी गाउपालिका ४ कंचन सामुदायिक वन र नव दुर्गा सामुदायिक उपभोक्ता समूहबिचको बाटो निकास द्वन्द र बेलौरी नगरपालिका ५ सीतानगर र पुस्पलाल स्मृति सामुदायिक वन उपभोक्ता समूह्को बाटो निकास द्वन्द र लालझाडीको जयभोले सामुदायिक वन उपभोक्ता वन समूह द्वन्द समाधान गरिएको छ ।

केन्द्रका सहजकर्ता पन्तले लामो समयदेखिक द्वन्द्व हल भएर स्थानीयले एकै ठाउमा बस्न पाएको बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख राम कुमारी राना, लालझाडी गाउ पालिकाका अध्यक्ष निर्मल राना, बेलौरी नगरपालिकाका उप मेयर जोगराम चौधरी, पुनर्वासका उप मेयर भुलिया राना, शुक्लाफाटाका उप मेयर कल्पना पन्त, कृष्णपुरका उप मेयर द्रोपति राना र दोधारा चादनीका उप मेयर गङ्गा जैशी लगायत सहभागी भएका छ्न।
केन्द्रका सहजजर्ता बिशाल चौधरीले कार्यक्रम सन्चालन गरे ।

 न र नव दुर्गा सामुदायिक उपभोक्ता समूहबिचको बाटो निकास द्वन्द र बेलौरी नगरपालिका ५ सीतानगर र पुस्पलाल स्मृति सामुदायिक वन उपभोक्ता समूह्को बाटो निकास द्वन्द र लालझाडीको जयभोले सामुदायिक वन उपभोक्ता वन समूह द्वन्द समाधान गरिएको छ ।
केन्द्रका सहजकर्ता पन्तले लामो समयदेखिक द्वन्द्व हल भएर स्थानीयले एकै ठाउमा बस्न पाएको बताए ।
कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख राम कुमारी राना, लालझाडी गाउ पालिकाका अध्यक्ष निर्मल राना, बेलौरी नगरपालिकाका उप मेयर जोगराम चौधरी, पुनर्वासका उप मेयर भुलिया राना, शुक्लाफाटाका उप मेयर कल्पना पन्त, कृष्णपुरका उप मेयर द्रोपति राना र दोधारा चादनीका उप मेयर गङ्गा जैशी लगायत सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...