ghar sansar

महेन्द्रनगर बजारको एजी मोबाइल केयर सेन्टरमा प्रहरी छापा, चार लाख बढी मूल्यको अवैध समान बरामद

khasi

महेन्द्रनगर । प्रहरीले महेन्द्रनगर बजार गल्ली नं. ५ स्थित एजी मोबाइल केयर सेन्टरमा छापा हानेर अर्वैध समन बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोली शनिबार गल्ली नं. ५ क्याम्पस रोडस्थित अंकुश गुप्ताको मोबाइल पसलमा छापा हानेर समान बरामद गरेको छ ।

गुप्ताले भारतबाट भन्सार छलीगरी सामान ल्याउने गरेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । प्रहरी गुप्ताको मोबाइईल पसलबाट अन्दाजी नेपाली बजार मूल्य ४ लाख ३९ हजार ८ सय बरावरको अवैध सामान बरामद गरेको छ ।

dirghayi clinic

गुप्ताले अबैधरुपमा मोवाइल डिस्प्ले, ग्लास, एयरफोन, एयरपोट, डाटा केवल, हेड फोन, चार्जर, मोवाइल स्टेण्ड, ट्याव, साउण्ड बक्स लगायत राखेकोमा बरामद गरीएको जिल्ला प्रहरी कार्यालयजिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी ईन्सपेक्टर विरेन्द्र थापाले बताए ।

उनका अनुसार भन्सार तिरेका विल भरपाई नभएका सामानहरु बरामद गरिएको छ । दुई दिनसम्म विलभरपापाई ल्याउनका लागि समय दिएको र अनुसन्धान पनि चलिरहेको सूचना अधिकारी ईन्सपेक्टर थापाले बताए । तीन ओटा आईफोन कष्टमरको भनेर पसलेले भनेको कारण ग्राहकले विलसहित दावि गरे फिर्ता गरीने उनले बताए ।

त्यसैगरी शनिबार दिउसो ४ बजेको समयमा समयमा भीमदत्त नगरपालिका वडा नंम्बर ४ बाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य २१ हजार बराबरका माछा पनि प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी ईन्सपेक्टर विरेन्द्र थापाले जनप्रतिनिधिको रोहवरमा माछा नष्ट गरिएको बताए ।

Himal dental
सम्बन्धित
Loading...