ghar sansar

कञ्चनपुर–१ मा दोस्रो दिनमै फेरिए एमाले उम्मेदवार

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेले सुदूरपश्चिमका दुई क्षेत्रमा उम्मेदवार फेरेको छ। बझाङ र कञ्चनपुर–१ मा उम्मेदवार परिवर्तन गरिएको हो ।

एमालेले शनिवार बझाङमा अफिलाल ओखेडालाई उम्मेदवार बनाउने निर्णय गरेकोमा उक्त निर्णय परिवर्तन गर्दै आइतबार ऐन महरलाई उम्मेदवार बनाउने भएको छ ।

,orning glory badhai
dirghayi clinic

यस्तै, कञ्चनपुर–१ बाट यसअघि कमला बोहरालाई उम्मेदवार बनाउने निर्णय फेर्दै तारा लामा तामाङलाई उम्मेदवार बनाउने निर्णय गरिएको एमाले उपमहासचिव लेखराज भट्टले बताए ।

कञ्चनपुर १ बाट बोहरा, तामाङ्ग र इन्दु कडरिया विष्ट उम्मेदवार सिफारिश भएका थिए ।

तामाङ्ग यस अघि २०७९ को निर्वाचनमा निर्वाचित भएका थिए । एमालेले शनिबार बोहरालाई उम्मेदवार बनाउने निर्णय सार्वजनिक भएको थियो ।

बझाङका महर २०७९ को निर्वाचनमा एकीकृत समाजवादीका भानुभक्त जोशीसँग पराजित भएका थिए भने तारा लामा तामाङले माओवादीकी बिना मगरलाई पराजित गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...