ghar sansar

कञ्चनपुर १ : मत माग्न व्यस्त छन् उम्मेदवार , मुड बनाउँदै मतदाता

little buddha academy
khasi

महेन्द्रनगर । ८ फागुन शुक्रबार दिउँसो बेल्डाँडी गाउँपालिका २ बेलडाँडी बजार प्रेम इलेक्ट्रोनिक्स सेन्टर बाहिर स्थानीय कालु सिह विष्ट सहित एक आपशमा गर्दै थिए ।

विष्टको घर यो इलेक्ट्रोनिक्लसित जोडिएको छ । २०३६ मा ट्रयाक्टर धनी बनेका विष्ट पूराना व्यववसायी हुन् ।

,orning glory badhai

चुनावीमा गफमा व्यस्त हुनु हुन्छ ? चुनावी उत्साह निकै धेरै छ कि ?

यो प्रश्न सकिन नपाउँदै विष्टले फटाफट भन्न थाले ।

यो चुनावबारे म तीन ओटा कुरा भन्न चाहन्छ ।

पहिलो, हो यो चुनाव चुनाव जस्तो नै छैन, उत्साह भन्ने केही छैन, चुनाव हुन्छ कि हुँदैन भन्ने नै यकिन छैन ।

दोस्रो यो चुनाव प्रधानमन्त्री सुशिला कार्कीलाई लागेको छ । वहाँलाई प्रधानमन्त्री भएर चुनाव मात्रै गराउनु छ ।

तेस्रो जेन जी भनेर आन्दोलन गरियो, अहिले ती जेन जी भन्ने कहीकतै छैन ।

भदौ २३ र २४ गतेको जेन जी आन्दोलनमा विष्ट काठमाडौंमा थिए । जेन जी आन्दोलनमा काठमाडौमा दशौं लाख मानिस सडकमा देखिएको उनी बताउँछन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएर सुशिला कार्कीको नेतृत्वमा सरकार बनाउन बाहेक अन्य उपलब्धि नभएको विष्टलाई लागेको छ ।

‘त्यति ठूलो आन्दोलन भयो, त्यसको कुनै मतलब नै भएन, त्यसको कुनै अर्थ भएन’ उनले भने ।
विष्ट अझैं पनि चुनाव हुने नहुने र संसद पुनस्र्थापना हुने आश देख्छन् ।

‘चुनाव हुने भए ठिकै छ, नहुने भए पनि केही छैन’ उनले भने,‘संसद पुनस्र्थापना पनि हुन सक्छ ।’

विष्ट जनतालाई मिलाएर लैजान कसैले पनि ध्यान नदिएको दुखेसो पोख्छन । चुनाव भइ हाले मतदान गर्न जाने नजानेमा पनि उनी आफैं अनिर्णित छन् ।

‘अहिले त यस्तै छ, सबै कुरा हेर्छु, इच्छा लागे गएर मतदान गरि दिउँला’ उनले भने ।

बेलडाँडी विस्तारै बिकासको बाटोमा अघि बढेको उल्लेख गर्र्दै विष्टले भने,‘यहाँ हामीले जग्गाधनी पूर्जा पाएका छैनौ, खानेपानी समस्या , बाटो घाटो, रोजागरी लगायतका समस्या छन् ।

नेपाली सेनाबाट अवकाश भएका बेलडाँडी २ का जगदीश गिरी प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नति, जग्गाधनी पूर्जा र बाटो घाटो उम्मेदवारले ध्यान दिनु पर्ने बताए ।

यस पटक चुनावमा परिवर्तन चाहेको गिरीले बताए । ‘जो आए पनि एजेण्डा ल्याए पनि पूरा त हुने होइन’ उनले भने ।
बेलडाँडी १ का गोपालदत्त जोशी जनताले भने अनुसार आफूले मत दिने बताउँछन् ।

‘जनताले जे भन्छन्, त्यतैतिर मत दिन्छौ, पहिला राज्यमा शान्ति हुनु प¥यो’ उनले भने ।

बेलडाँडी २ का अशोक ताम्रकारको घर मंगल ग्रह टोलमा छ । उनी गरीबका कुरा सुन्ने, पविर्तनका कुरा सुन्ने र नयाँ परिवेश अनुसार मत दिने बताउँछन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र न. १ मा बेलडाँडी गाउँपालिका, बेलौरी नगरपालिका, लालझाडी गाउँपालिका र पुनर्वास नगरपालिका छन् । कञ्चनपुरमा १९ उम्मेदवार चुनावी मैदानमा छन् ।

बेलौरी नगरपालिका ९ रतनपुरस्थित त्रिभुवन वस्ती माध्यमिक विद्यालय नजिक काँग्रेस, एमाले, नेकपा, रास्वपा लगायतका दलका चुनाव सम्पर्क कार्यालय छन् ।

त्रिभुवन मावि फागुन २१ गतेको निर्वाचनका लागि मतदान केन्द्र हो । यो हुलाकी राजमार्ग किनारमा छ ।

बेलौरी ९ का ईश्वर प्रसाद ओझा चुनाव मत कसलाई दिने भन्ने अझै निक्र्यौल गर्न नसकेको बताउँछन् ।

‘कोसंग जाने भन्ने अझैै टुङ्गो छैन, अहिलेसम्म केही छैन, मुड घुमि रहेको छैन’ उनले भने,‘जसलाई मनले भन्छ, उसैलाई दिनु पर्ला ।’

उनी फागुन २० गतेसम्म चुपचाप बस्न ठिक हुने बताउँछन् । काँग्रेस नेता रामदत्त भट्ट काँग्रेसको माहौल राम्रो भएको सुनिएको बताए ।

dirghayi clinic

‘यो वडामा स्थानीय निर्वाचन पनि जितेको थियौ, अहिले पनि राम्रो छ भन्ने छ’ उनले भने ।

रास्वपाका महाधिवेशन प्रतिनिधि बलदेब भट्ट जनताले परिवर्तन खोजेकोले आफूहरु ढुक्क भएको बताए ।

‘हामीलाई चुनौती केही छैन, एक पटक हामीलाई पनि हेर्न भनि रहेका छौ’ उनले भने ।

पुनर्वास नगपालिका ११ अमरवस्तीका गोबिन्दराज उपाध्यय स्थानीय व्यवसायी हुन् । उनी वडामा सडक, शिक्षा, स्वास्थ्य, बिजुली, सीमा समस्या भएको बताउँछन् ।

शनिबार बिहान कालिकामा भेटिएका दुई महिलाले कसलाई मत दिने कुरा भन्न नसकिने बताए ।

‘मत चाहिँ दिने हो, तर कसलाई दिने भन्ने कुरा भन्दैनौ’ एक महिलाले भनिन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा ५० हजार १ सय २३ पुरुष, ५१ हजार ५८८महिला गरेर १लाख, १हजार, ७२४ मतदाता छन् ।

पुनर्वास नगरपालिकामा ३६ हजार ५३८ मतदाता छन् । बेलौरी नगरपालिकामा महिला मतदाता १७ हजार ९९१ तथा पुरुष मतदाता १७ हजार ७११ जना छन् ।

बेलडाँडी गाउँपालिकामा सात हजार ५३९ पुरुष र सात हजार ७१४ महिला मतदाता छन् ।

लालझाँडी गाउँपालिमा ७ हजार १३९ पुरुष र ७ हजार ९२ महिला गरी १४ हजार २३१ मतदाता छन् ।

यस क्षेत्रमा २०७९ मा निर्वाचित साँसद एमालेका तारामाला तामाङ्ग सहित १९ उम्मेदवार चुनावी मैदानमा छन् ।

काँग्रेसका गोपी प्रसाद उपाध्यय, नेकपाका विना मगर, रास्वपाका जनक सिह धामी लगायत उम्मेदवार छन् ।

उम्मेदवारहरु घरदैलो, भेटघाट,¥याली, सभा र सामाजिक सञ्जालबाट आफूलाई मत दिएर निर्वाचित गराउन प्रचार प्रसार गरि रहेका छन् ।

लालझाडी गाउँपालिका १ नौरङ्गामा काँग्रेस उम्मेदवार गोपी प्रसाद उपाध्ययको चुनावी प्रचारमा सहभागी नेता गोपाल गुरुङ्गले चुनावमा अपेक्षित उत्साह नदेखिएको बताए ।

‘चुनाव जस्तो हुनु पर्ने हो, त्यस्तो त देखिएको छैन, हामी त प्रचारप्रसारमा लागेकै छौ’ उनले भने,‘यो ठूलो दुःख पाएर ल्याएको शासन हो, लोकतन्त्रमा सबैले लड्न पाउँछन्, जनताको मन जित्न ठूलो हो ।’

काँग्रेस उम्मेदवार नयाँ र युवा पुस्ताको भएकाले चुनाव जित्ने तथा एमाले र नेकपा प्रतिस्पर्धी भएको उल्लेख गरे ।

एमाले केन्द्रीय सदस्य कमला बोहरा बलियो संगठन र उम्मेदवार दुबैको बलले एमाले फेरि क्षेत्र नं. १ मा जित निकाल्ने बताइन् ।

बोहराले एमालेसित काँग्रेस र नेकपा प्रतिस्पर्धी भएको उल्लेख गरिन् । ‘यहाँ त्रिपक्षीय प्रतिस्पर्धा छ, एमाले, नेकपा र काँग्रेसको प्रतिस्पर्धा हुन्छ, यहाँ पजल टाइपको छ, यही हुन्छ होला’ उनले भनिन्, ‘अहिले धेरैले विचार सिद्धान्त हेर्छन् भन्ने लाग्दैन, लोकप्रियतावादलाई चिरेर अघि बढ्नु पर्ने आवश्यकता छ ।’

रास्वपाका पुनर्वास नगर सभापति सुरेश गजुरेल चुनावी माहौल उत्साह जनक देखिएको बताउँछन् ।

‘यो चुनावमा जित्ने गरी लागि रहेका छौ, माहौल उत्साह जनक नै छ’ उनले भने ।

बेलौरीका पत्रकार सुरज श्रेष्ठ निर्वाचन क्षेत्र नं. १ का कुनै पनि उम्मेदवार ढुक्क हुन नसकेको अवस्था नदेखिएको बताउँछन् ।

‘यहाँ चार दलका चार उम्मेदवारबीच उत्तिक्कै प्रतिस्पर्धा छ, कोही पनि ढुक्क छैनन्’ उनले भने ।

हुलाकी राजमार्ग, सीमा समस्या, बेलौरी कलुवापुर सडक, मानव बन्यजन्त द्वन्द्व दोदा नदी नियन्त्रण, सुकुम्बासी र अव्यवस्थित बसोबासी समस्या प्रमुख चुनावी मुद्दा भएको पत्रकार श्रेष्ठले बताए ।

बेलडाँडीस्थित रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख प्रयागराज जोशीले चुनावी उत्साह अपेक्षाकृत नदेखिएको बताए ।

‘त्यति धेरै उत्साह देखिएको छैन, जनता बुझि सक्ने भएकाले पनि गत विगतमा जस्तो चुनावतिर नलागेको हुन सक्छ’ उनले भने ।

कञ्चनपुर १ मा बहुदल स्थापना भएपछि चुनावमा २०४८ मा काँग्रेसका बासुदेव भट्ट, २०५१ मा एमालेका राम कुमार ज्ञवाली, २०५६ मा काँग्रेसका तारणीदत्त चटौत, २०६४मा नेकपा माओवादीका पुरन रानाथारु, २०७० मा काँग्रेसका दिवान सिह विष्ट, २०७४ मा माओवादी केन्द्रका बीना मगर र द्द०७९ मा एमालेका तारालामा तामाङ्कले निार्वाचित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...