ghar sansar

धौलेपानी कटान छानबिनको माग गर्दै सुदूरपश्चिम सरकारको वन मन्त्रालय पुग्यो कृष्णपुर नगरपालिका, मेयर ओझाले बुझाए कार्य पालिका बैठकका निर्णय सहितको पत्र

khasi

महेन्द्रनगर । धौलेपानी काठ कटान छानबनिको माग गर्दै कृष्णपुर नगरपालिकाले सुदूरपश्चिम सरकारको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय गुहारेको छ ।

कैलाली डिभिजन वन कार्यालयले कृष्णपुर नगरपालिका ४ मा पर्ने धौलेपानी राष्ट्रिय वन क्षेत्रमा क्षेत्राधिकार मिचेर गत आर्थिक वर्षमा रुख कटान गराएको हो ।

धौलेपानी वन क्षेत्रबाट काटिएको काठ घाटगद्दीका लागि साउन १५ गते बंकस्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा पुगेपछि कैलाली वनले कटाएको बाहिर आएको थियो ।

कृष्णपुर नगरपालिका कार्य पालिकाको साउन २७ गते बसेको कार्यपालिका बैठकले धौलेपानी वन क्षेत्रमा कानुन सम्मत काठ काटिएको छ कि छैन भनेर वास्तविकता बुझ्ने र कानुनी कारवाहीका लागि आग्रह गर्ने निर्णय गरेको थियो ।

कृष्णपुरका मेयर हेमराज ओझाले कार्य पालिका निर्णय सहित बिहीबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा छानबिनका लागि पत्र बुझाएका हुन् ।

सुदूरपश्चिम सरकारको वन मन्त्रालयको नेतृत्व कञ्चनपुरका प्रदेश सभा सदस्य प्रकाश रावलले गरेका छन् । रावल कञ्चनपुर ३ क बाट प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् ।

dirghayi clinic

मन्त्रालयलाई बुझाएको पत्रमा मेयर ओझाले कृष्णपुर ४ तथा कैलालीको गोदावरी नगरपालिका ११ र १२ बीच सीमा विवाद भएकोले मिलाउने प्रयास गरिएको उल्लेख गरेका छन् ।

पछिल्लो पटक जेठमा कृष्णपुरमा सीमा विवाद समाधानका लागि बैठक बसेको थियो । त्यसपछि जिपिएस यकिन गर्न गएको वन कर्मचारीको टोलीलाई कैलालीका स्थानीयले काम गर्न नदिएर फर्काइ दिएका थिए ।

मेयर ओझाले सीमा विवाद भएकाले त्यस क्षेत्रमा छपान कटान लगायतका कार्य गर्न नहुनेमा दुबै जिल्लाका वन कार्यालयबीच सहमति भएको मन्त्रालयलाई जानकारी गराएका छन् ।

मन्त्रालयमा बुझाएको पत्रमा मेयर ओझाले सीमा विवाद समाधानका लागि छलफल हुँदा कैलाली वन डिभिजनले कृष्णपुर नगरपालिका ४ मा धौलेपानी वन क्षेत्रबाट कटान गराएको उल्लेख गरेका छन् ।

सुदूरपश्चिम वन निर्देशनालय र कैलाली वन डिभिजनलाई पत्रको जानकारी गराइएको छ ।

धौलेपानी वन क्षेत्रबाट ८ हजार बढी क्यूफिट काठ काट्न अनुमति दिइएको छ । त्यसमध्ये हालसम्म ६६ रुख काटिएको पाइएको छ ।

Himal dental
सम्बन्धित
Loading...